आइत, साउन २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुनिलको सरकारलाई प्रश्नः जेनजीलाई लाखौं धरौटी माग्ने हो भने सिंहदरबार जलाउनेलाई किति

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
सुनिलको सरकारलाई प्रश्नः जेनजीलाई लाखौं धरौटी माग्ने हो भने सिंहदरबार जलाउनेलाई किति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियनका सयोजक सुनिल सिंहले सर्बोच्च अदालतको कारण देखाउ आदेशलाई लत्याउँदै सरकारले लाखौं धरौटी मागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले आफ्ना सहकर्मीहरुलाई गम्भीर अपराधीलाई जस्तै व्यवहार गरिएको आरोपसमेत लगाएको छ ।

संयोजक सिंहले सर्बोच्च अदालतले तीनजना जेनजीलाई थुन्नुको कारणदेखाउ आदेशको बर्खिलापमा गएर सरकारले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत धरौटि माग्नु गैरकानुनी भएको जिकिर गरे । “सम्मानित सर्बोच्च अदालतलाई जवाफ दिनुको साटो थुनामा रहेको ८ दिनमा क्रुरुर बालेन सरकारले सिडियोमार्फत धरौटी माग्न कहाँसम्म न्याउसंगत छ” सिंहले प्रश्न गरे ।

‘सिंहदरबार, राष्ट्रपति भवन, संसद भवनलगायतका राष्ट्रिय सम्पत्ति जलाउनेहरुलाई कानुनी दायरामा ल्याउँने हो भने उनिहरुलाई कति धरौटी लिने हो सरकार’ भन्दै  सिंहले प्रश्न गरे । “यद्ययपि त्यस्ता राष्ट्रिय सम्पत्ति जलाउनेहरुलाई खरानी ग्याङले संरक्षण गरेर राखेको छ” उनले भने ।
“जलाउने गृहमन्त्री बन्ने, जलाउन फेसबुकमा स्टाटस लेख्ने प्रधानमन्त्री हामीप्रति पूर्वाग्रही बन्नु स्वभाविक छ, हेर्दै जाउ तिमीहरुको भोलि एकएक हिसाब हुन्छ” सिंहले आक्रोश व्यक्त गरे ।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले बालेनसरकारका जनविरोधी हर्कतमाथि खबरादी गर्ने आफ्ना सहकर्मीहरुलाई झुटा आरोपमा थुनेर वर्तमान सरकार नाङ्गिदै गएको जिकिर गरे । सरकारले ‘आफ्नो हात जगन्नाथ’ गरेर कानुनी राजको खिल्लि उडाएको विश्वकर्माको कथन छ । “के हाम्रा साथिहरुले बालेन जस्तै राष्ट्रघाति विचार राखेका थिए, के सिंहदरबार जलाएका थिए, के व्यक्ति हत्या गरेका थिए, हैन भने एकएक लाख धरौटी र १० दिनसम्म जेल हाल्नुपर्ने किन” विश्वकर्माले प्रश्न गरे ।
उनले गैरन्यायीक धरौटीविरुद्ध शुक्रबार सर्बोच्च अदालतमा पेशी रहेको जनाउँदै अदालतले विना धरौटी र निसर्त रिहा गर्ने आशा व्यक्त गरे ।

अभियान्ता हरिकृष्ण गजुरेलले सरकारको गैरन्यायीक हर्कतविरुद्ध जनता जागरुक हुनुपर्ने धारणा राखे । ‘पुराना दलहरुको राष्ट्रघात, भ्रष्टाचार र बेथितिबाट आजित भएका जनताको नयाँहरुले मुक्ति दिने आशामाथि कुठारा घात गरेको’ गजुरेलको कथन छ । “पुरानालाई माथ खुवाउने गरी ‘टिओबी’ र ‘बारबरा फाउण्डेसन’का विदेशी दलालहरुको जगजगी बढ्यो यीनलाई त झन छिटो खेदाउनुपर्ने अवस्था पो आयो” गजुरेलले भने ।

जेनजी अमृत बोहोराले वर्तमान बालेन सरकारले लोकतान्त्रीक व्यवस्था र कानुनीराजको खिल्लि उडाउँदै आफ्ना विरोधीहरुको आवाजमा ताला लगाउने तानाशाही हर्कत गरेको आरोप लगाए ।
उनले संसदमा बलियो प्रतिपक्ष र सडकमा खबरदारी गर्ने शक्ति नभएको बेला ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ खरो उत्रेको बताए । अहिले विभिन्न बहानामा सरकारले उनिहरुको आवाजलाई बन्द गर्न राज्य शक्तिको दुरुपयोग गर्न लागि परेकोसमेत आरोप लगाए ।

अभियानकी सुप्रिया नेपालीले आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई साउन १२ गते माइतिघर मण्डलाबाट गिरफ्तार गरेको जनाइन् । त्यसको भोलिपल्ट १३ गते सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको रिट दायर गरेको र अदालतले कारण देखाउ आदेश दिदा पनि आजसम्म सरकारले जवाफ नपठाएको नेपालीले बताईन् ।
गैरन्यायीक तबरबाट काठमाडौं सिडियोले प्रतिव्यक्ति लाख रुपैयाँ धरौटी माग र धरौटी दिन अस्वीकारपछि सुन्धारस्थित केन्द्रीय कारागारमा पठाईको नेपालीले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

देशभर मनसुनी वायुको प्रभाव

१९ घण्टा अगाडि
जनकपुर बोल्ट्सबाट आउँदो सिजनको एनपिएल क्रिकेट खेल्ने

जनकपुर बोल्ट्सबाट आउँदो सिजनको एनपिएल क्रिकेट खेल्ने

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

ग्यासको कृत्रिम अभाव : निगम, उद्योगी र विक्रेतामाथि प्रश्न

International Conference on “China and South Asia in a Multipolar World” Begins in Kathmandu

चलचित्र ‘बा : एक योद्धा’ को ‘नभन्नू कोइसित’ रिलिज

चीन र भारतलगायत देशलाई दण्डित गर्ने उद्देश्यसहितको विधेयक पारित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक