बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुई सय बिरुवा रोपेको छ ।

लुम्बिनीमा आयोजित ‘क्यान्डल लाइट भिजिल तथा विश्व शान्ति प्रार्थना’मा जापानको हिरोशिमा र नागासाकीमा भएको परमाणु बम विस्फोटका पीडितप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । गौतम बुद्धको जन्मस्थलबाट विश्व शान्ति, अहिंसा र आणविक निशस्त्रीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमले जनाएको छ ।

कार्यक्रम लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी–कपिलवस्तु विश्व अभियान (युरोप) र लुम्बिनी–कपिलवस्तु विश्व अभियान (अस्ट्रेलिया)को सहकार्यमा आयोजना गरिएको लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतमले जानकारी गराए। यस्तै लुम्बिनी वर्ल्ड पिस फोरमले सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा भैरहवास्थित सिद्धार्थ राजमार्गको सडक मध्यभागमा दुई सय वटा फूलका बिरुवा रोपेको छ ।

सिद्धार्थनगर नगरपालिका–७ अन्तर्गत बुद्ध चोकदेखि देवकोटा चोकसम्मको सडकको मिडियन आइसल्याण्डमा सयवटा असारे फूल र सयवटा बोगनभिल्लाका बिरुवा रोपिएका हुन् ।

सहरी क्षेत्रमा हरियाली विस्तार गर्दै सडकको सौन्दर्य बढाउने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षारोपण गरिएको गौतमले जनाए ।

यस्तै लुम्बिनीस्थित विश्व शान्ति स्तूप (वर्ल्ड पिस प्यागोडा) परिसरमा पनि कपुरका आठ वटा बिरुवा रोपिएका छन् । ती आठ बिरुवालाई गौतम बुद्धले प्रतिपादन गरेका आर्य अष्टाङ्गिक मार्गका आठ अंगको प्रतीकका रूपमा रोपिएको फोरमले जनाएको छ । हिरोशिमा दिवसका अवसरमा आयोजित यी कार्यक्रमले शान्ति र वातावरण संरक्षणलाई एउटै अभियानका रूपमा जोडेको गौतमले जनाए।

सोही अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा पौडेल लगायतले परमाणु युद्धबाट भएको मानवीय क्षतिको स्मरण गर्दै हिंसा र युद्धको विरोध तथा शान्तिको प्रवर्द्धन र विश्व शान्तिको सन्देशसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई पनि शान्तिको आधारका रूपमा प्रस्तुत गरिएको जनाए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक