शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
0
बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैतडी ।  बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ५६ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। ‘जय नेपाल इन्टरनेसनल फाउन्डेसन’ नर्थ क्यारोलिना राज्य समिति (युएसए) को आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ४२ जना दलित विद्यार्थीहरूलाई स्टेशनरी र विद्यालयलाई आवश्यक शैक्षिक एवं खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।

कुल विद्यार्थी संख्याको ९५ प्रतिशत दलित समुदायका बालबालिका अध्ययनरत रहेको यस विद्यालयका बालबालिकाहरूको पठनपाठनमा प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो। फाउन्डेसनका कार्यसमिति सदस्यहरू तथा अन्य सामाजिक व्यक्तित्वहरूबाट मौलिक रूपमा आर्थिक सहयोग संकलन गरी सामग्री खरिद गरिएको आयोजकले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसन्ती लाबडको अध्यक्षतामा सम्पन्न सामग्री वितरण कार्यक्रममा जय नेपाल इन्टरनेसनल फाउन्डेसन नर्थ क्यारोलिनाका प्रतिनिधि बासुदेव भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्राध्यापक मानबहादुर चन्द तथा पूर्व गाउँ विकास समिति (गाविस) अध्यक्ष उत्तरबहादुर चन्दको उपस्थिति रहेको थियो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक टेकबहादुर ऐरीले विकट क्षेत्रका दलित तथा विपन्न वर्गका बालबालिकाको शिक्षाका लागि प्रवासमा रहेर पनि सहयोग हात बढाएकोमा फाउन्डेसनप्रति धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथि भट्टले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता रचनात्मक र सहयोगी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

५ घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक