शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१४ घण्टा अगाडि
Reading Time: 1 min read
0
रास्वपा सांसदहरूसँग छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने सरकारको नीति अनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिठ्ठा (लकी ड्र)  नतिजा सार्वजनिक भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता/करदातामध्येबाट पारदर्शी ढंगले पहिलो चरणका विजेता छनोट कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा एक किराना पसलमा २५० रुपैयाँको सामान खरिद गर्ने कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको छ। उक्त पुरस्कार रकम नियमानुसार २५ प्रतिशत कर कट्टा गरी तत्कालै ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने विभागले जनाएको छ।

त्यसैगरी, अन्य १५ जना उपभोक्ताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी १ लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्। दुई करोड ५६ लाख ८ हजार ९४ वटा विद्युतीय र सात हजार ७७ वटा नगद कारोबारमध्येबाट विजेताहरू छनोट भएका हुन्।

विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्‍यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट’ विधि प्रयोग गरिएको हो। यस विधिबाट सबै कुपनले समान अवसर पाउने, एउटै कुपन एउटै छनोटमा दोहोरिन नसक्ने तथा छनोट प्रक्रिया पूर्णरूपमा निष्पक्ष र सुरक्षित रहन्छ।

उपभोक्तामा सामान किनेपछि अनिवार्य रूपमा बिल माग्ने र व्यवसायीहरूमा पनि अनिवार्य रूपमा बिल जारी गर्ने संस्कारको विकास गर्न सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा नै यस नागरिक केन्द्रित योजनाको व्यवस्था गरेको थियो। भ्याट तथा अन्य कर चुहावट नियन्त्रण गर्न र मुलुकलाई सुरक्षित विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को आधुनिक युगमा लैजान यो कार्यक्रम कोशेढुङ्गा सावित हुने सरकारले विश्वास लिएको छ।

यस उपहार कार्यक्रममा सहभागी हुनका लागि www.prize.ird.gov.np  वेबसाइटमा गएर त्यहाँ मागेको विवरण (बिल नम्बर, बिक्रेताको प्यान नम्बर लगायत) भर्नुपर्ने हुन्छ। नगद भुक्तानी गरी स्वप्रयोजनका लागि नेपालभित्र एक पटकमा कम्तीमा १०० रुपैयाँ मूल्यको वस्तु तथा सेवा खरिद गर्ने सक्कली बिल लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो ‘बिल अपलोड’ गर्न सक्छन्। विद्युतीय भुक्तानीमार्फत गरिने कारोबारमा भने कम्प्युटर प्रणालीबाट नै उपहार कार्यक्रममा स्वतः समावेश गरिने भएकाले उनीहरूले ‘बिल अपलोड’ गरिराख्नुपर्दैन।

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

१० घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक