मङ्ल, साउन ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुमारी बैंक, होण्डाई कम्पनी र  प्रदेश सांसद पुलामीले सडकमा पुर्याए

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
कुमारी बैंक, होण्डाई कम्पनी र  प्रदेश सांसद पुलामीले सडकमा पुर्याए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मकवानपुरको हेटौंडा–६ निवासी शान्ति कार्कीले आफू र आफ्नो परिवार ७ करोड ७५ लाख रुपैयाँ बराबरको ठगीमा परेको बताएकाकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी  निष्पक्ष छानबिन र न्यायको मागसमेत गरेकी छन् ।

कुमारी बैंकको हेटौंडा शाखा, बागमती प्रदेशका सांसद प्रेमबहादुर पुलामी (छिन्तु) र  होण्डाई कम्पनीका प्रकाश राजबाहक लगायत अन्य केही व्यक्तिहरुको मिलेमतोमा हाफूहरुलाई ठगेको आरोप कार्कीको छ ।
कार्कीका अनुसार २०७७÷७८ सालमा इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालनका लागि परिवारले विभिन्न जग्गा धितो राखी कुमारी बैंकबाट ओभरड्राफ्ट (ओडी) कर्जा लिएको थियो । उनका अनुसार श्रीमान् रामबहादुर कार्की र आफ्नै नाममा रहेको जग्गा धितो राखेर कुल पाँच करोड रुपैयाँभन्दा बढीको ओडी सुविधा लिइएको थियो ।

उनले त्यसपछि केही व्यक्तिले जग्गा खरिद तथा ट्रिपर उपलब्ध गराइदिने बहानामा ठूलो रकम लिएको दाबी गरेकी छन् । ट्रिपर खरिदका नाममा करोडौं रुपैयाँ लिए पनि सवारीसाधन आफ्नो नाममा हस्तान्तरण नगरिएको र पछि ७ करोड ७५ लाख रुपैयाँ बराबरको चेक दिइए पनि रकम भुक्तानी नभएको उनको आरोप छ ।

कार्कीले आरोपित व्यक्तिलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको भए पनि सम्पूर्ण रकमलाई आधार बनाएर मुद्दा दर्ता नगरिएको दाबी गरेकी छन् । साथै, प्रभावशाली व्यक्तिहरूको संरक्षणका कारण घटनाको निष्पक्ष अनुसन्धान हुन नसकेको उनको भनाइ छ ।

सांसद पुलामीले सम्पत्ति हत्याउन कार्यकर्ता गोविन्द मगर, आफ्नी श्रीमति प्रमिला पुलामी र साडु भाई प्रकाश राजवाहकलाई प्रयोग गरेको आरोप लगाईन् । “ठगि धन्दामा सांसदज्युले कानुनी प्रक्रियामा जोगाउन आफ्नी श्रीमतिलाई लेनदेनको कागजमा साक्षि राखेको देखिन्छ” कार्कीले भनिन् । “म यो दाबाका साथ भन्छु कि मेरो परिवारलाई आजको अवस्थामा पुर्याउने मुख्य योजनाकार नै सांसदज्यू हुनुहुन्छ, किनभने उहाँले ‘म आफै वकिलको कार्यालयमा ६–६ घण्टा बसेर यो कागज बनाएको हो’ बारम्बार भन्नुु भएको छ” पीडित कार्कीको कथन छ ।

पीडित कार्कीले त्यसका अलावा प्रहरी प्रशासन, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहालकोसमेत सम्लग्नता भएको आरोप लगाएकी छिन् ।

उनले आफू र आफ्नो परिवारलाई धम्कीसमेत दिइएको आरोप लगाउँदै मकवानपुर जिल्ला प्रशासन कार्यालयमा शान्ति–सुरक्षाको मागसहित निवेदन दिएको जानकारी दिएकी छन् । निरन्तरको तनावका कारण आफ्नो छोरा बिरामी परेको र उपचाररत रहेको पनि उनले उल्लेख गरेकी छन् ।

कार्कीले बैंकमा रहेको संयुक्त खाताबाट परिवारका सबै सम्बन्धित व्यक्तिको जानकारी र सहमतिबिना रकम भुक्तानी गरिएको आरोप लगाउँदै त्यसका कारण आफ्नो परिवार आर्थिक रूपमा पूर्ण रूपमा संकटमा परेको दाबी गरेकी छन् ।

विभिन्न निकायबाट न्याय नपाएपछि सञ्चारमाध्यममार्फत सार्वजनिक रूपमा अपिल गर्न बाध्य भएको बताउँदै कार्कीले ‘गृह मन्त्रालय तथा नेपाल सरकारका सम्बन्धित निकायसँग घटनाको सत्य–तथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही’ गर्न र आफूहरुलाई न्याय दिलाउन माग गरेकी छन् ।

जेनजी लक्ष्मि देवीले ठूलो बलिदान र संघर्षबाट आएको वर्तमान सरकारले जनताको न्यायको लागि कुनै ध्यान नदिएको आरोप लगाउँदै, सो घटनाको निष्पक्ष छानवि गरी पीडितलाई तत्काल न्याय दिन माग गरेकी छन् ।

दुर्गा प्रसाईको वर्ता टोली सदस्य कुमार बस्नेतले कार्की परिवारलाई सडकमा पुर्याउन सम्लग्न दोषि व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही तथा पीडितलाई न्याय दिन सरकार समक्ष माग गरेका छन् ।
हिजो मात्रै पीडितले दुर्गा प्रसाईको पत्रकार सम्मेलनमा न्यायको माग गर्दै पीडा व्यक्त गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

ट्याङ्लाफाँटमा कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

ट्याङ्लाफाँटमा कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

११ मिनेट अगाडि
कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन

कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै

देशभर मनसुनी वायुको प्रभाव

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक