सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

धारणा न्यूज by धारणा न्यूज
८ मिनेट अगाडि
Reading Time: 5 mins read
0
स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

३ मिनेट अगाडि
प्रधानमन्त्री बालेनले समकक्षी मोदीलाई प्रसादको सेट उपहार

प्रधानमन्त्री बालेनले समकक्षी मोदीलाई प्रसादको सेट उपहार

१२ मिनेट अगाडि

काठमाडाैं ।  नयाँ वर्षको र्‍याली आयोजना गरेको र स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र नेवाः देय् दबू कीर्तिपुर नगर समितिद्वारा ने.सं. ११४७ कछलाथ्व एकादशी (२०८३ मङ्सिर ५) शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच नयाँ वर्षको र्‍याली गर्ने खलः/पुचः तथा स्थानीय पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाबाट पढाउँदै आएका विद्यालयहरूलाई सम्मानपत्र साथै आगामी वर्ष नयाँ वर्ष मनाउने खलः/पुचःलाई सगंपौ (सगुनपत्र/जिम्मेवारी पत्र) हस्तान्तरण गरिएको छ ।
नेवाः देय् दबूका केन्द्रीय महासचिव श्रीकृष्ण महर्जन नेवाःको प्रमुख आतिथ्यतामा सम्पन्न २७ औँ शंखधर दिवसको अवसरमा ‘नेपाल संवत् र नेपालभाषाको प्रयोगमा समुदायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्दै सोअनुसार सम्मानपत्र र सगंपौ हस्तान्तरण गरिएको हो । देय् दबू कीर्तिपुर नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन वीरमाया महर्जनले गर्नुभएको थियो भने त्यसैगरी नेवाः देय् दबू कीर्तिपुर नगर समितिका वरिष्ठ उपाध्यक्ष किशोर नेपालीले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा कीर्तिपुर नगर समितिका सचिव अर्जुन नेपाःमिले कीर्तिपुरमा नेपाल संवत्‌को नयाँ वर्ष शुभकामना कार्यक्रम हिजोदेखि आजसम्मको अवस्था, चुनौती र अब समुदायको भूमिका विषयमा, त्यसैगरी नेवाः देय् दबू काठमाडौँ जिल्लाका उपाध्यक्ष रामभोला महर्जनले पाँगाको, नेवाः देय् दबू वडा नं. ५ का अध्यक्ष विरेन्द्र महर्जनले च्वबाहाः क्वयना क्षेत्रको, कीर्तिपुर नगर समितिका सल्लाहकार रामचन्द्र डंगोलले भाजंगः, इताग्वः क्षेत्रको नयाँ वर्ष शुभकामना र्‍याली कार्यक्रम गर्दै आएको र विभिन्न पक्षबारे बताउनुभएको थियो । त्यसैगरी नेवाः देय् दबू उपत्यका विशेष प्रदेश समितिका सचिव सरल गोपाल महर्जनले कीर्तिपुर नगरपालिकाले नेपाल संवत्‌लाई कुन रूपमा प्रयोग गरिरहेको छ र अबका चुनौती के–के हुन् भन्ने कुरा बताउनुभएको थियो ।
यस वर्ष नेपाल संवत् ११४७ को नयाँ वर्ष कार्यक्रम मनाएको कुतुझ्वः आःखाः खलः, भाजंगल लबछेँलि दाफा खलः र जय सन्तोषी मां मिसा पुचःलाई सम्मानपत्र तथा त्यसैगरी स्थानीय पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाबाट पढाउँदै आएका विद्यालयहरू कीर्तिपुर माध्यमिक विद्यालय, हिलटाउन माध्यमिक विद्यालय, इन्द्रायणी आधारभूत विद्यालय, विश्व राष्ट्रिय मा. विद्यालय, गृहिणी महिला विद्यालय, बाघभैरव माध्यमिक विद्यालय, जनसेवा माध्यमिक विद्यालय, राराहिल माध्यमिक विद्यालय, छुगां, बालकुमारी माध्यमिक विद्यालय, आदिनाथ माध्यमिक विद्यालय, टौदह माध्यमिक विद्यालय, वैष्णुदेवी माध्यमिक विद्यालय, नवज्योती आधारभूत विद्यालय, पाँगा माध्यमिक विद्यालय, नम्ख्वाः, बाघभैरव आ. माध्यमिक विद्यालय, मंगल माध्यमिक विद्यालय र गोरखनाथ मा. विद्यालय समेत गरी १७ वटा विद्यालयलाई सम्मानपत्र प्रमुख अतिथि श्रीकृष्ण महर्जनले हस्तान्तरण गर्नुभएको थियो ।
नेवाः देय् दबू काठमाडौँ जिल्लाका सदस्य तथा नेपालभाषा शिक्षिका दिल कुमारी महर्जनले कीर्तिपुर नगरमा स्थानीय पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाबाट पढाउने अवस्था र चुनौती विषयमा धारणा राख्नुभएको थियो भने त्यसैगरी जनसेवा मा.वि.का प्रधानाध्यापक देवराज महर्जनले पनि विद्यालयमा स्थानीय पाठ्यक्रमबारे आफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा आगामी वर्ष नेपाल संवत् ११४८ को नयाँ वर्ष मनाउने पालो लिएका खलः/पुचःहरू कीर्तिपुरको बादेय् गां दाफा खलः, इताग्वल व यरवः आःखाः खलः, टक्करचा कजि खलः, पाँगाको ज्वजलपा मिसा पुचः र च्वबाहाःको च्वयत्वाः धाः खलः तथा क्वय त्वाः दाफा खलःलाई सगंपौ हस्तान्तरण गर्ने कार्य गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेवाः देय् दबूका महासचिव श्रीकृष्ण महर्जन नेवाः, कीर्तिपुर नगर समितिका सल्लाहकारहरू प्रयागमान प्रधान र श्रीराम महर्जनलगायत अन्य विभिन्न व्यक्तित्वहरूले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममार्फत अब नेपाल संवत्‌लाई कार्यान्वयन गर्ने सवालमा साथै स्थानीय पाठ्यक्रम स्थानीय भाषा नेपालभाषाबाट पढाउने सवालमा सम्बन्धित निकायहरूसँग छलफल गर्दै जाने तथा आवश्यकअनुसारको भूमिका समुदायबाट खेल्ने निर्णय गरिएको छ । कार्यक्रममा देय् दबू किपु नगर समितिका कोषाध्यक्ष रूपा शाहीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक