मोरङ । बेलबारी नगरपालिका-१ फिल्महल लाईनस्थित साबित्रा तामाङको घरमा सोही ठाउँ बस्ने सरोज श्रेष्ठले संचालन गरेको निधी होटलमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


