सोम, साउन ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२१ घण्टा अगाडि
0
पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक भएका छन् । कास्की प्रहरी मातहतले चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ ।

प्रहरीले चोरीमा प्रत्यक्ष संलग्न तथा उनीहरूलाई सहयोग गर्ने २ जना भारतीय नागरिक र २ जना चिनियाँ नागरिकसहित कुल ९ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै अभियुक्तहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी गराए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोहले मध्यरात तथा बिहानको सुनसान समयलाई प्रयोग गरेर पोखराका विभिन्न वडाहरूमा व्यक्तिगत घर तथा कोठाहरूलाई निशाना बनाउँदै शृङ्खलाबद्ध रूपमा चोरी गर्ने गरेको खुलेको छ ।

गिरोहले असार १४ गते राति अन्दाजी दुई बजे पोखरा वडा नं. १८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गरगहना र नगद सत्तरी हजार रुपैयाँ चोरी गरेको थियो । त्यस्तै असार ४ गते बिहान एक बजे वडा नं. १७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरको ढोका फोडी आधा तोला सुनको गहना, डेढ लाख रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी गरेको थियो ।

असार १५ गते राति दुई बजे वडा नं. १८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट दुई थान मोबाइल र एक तोला चौवन लाल बराबरको सुनको गहना चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।

असार २३ गते मध्यरातमा वडा नं. ८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातुनको कोठाबाट एक थान मोबाइल र पच्चिस हजार रुपैयाँ नगद तथा सोही राति साढे दुई बजे वडा नं. ६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोन लगायतका सामानहरू चोरी भएको व्यहोरा प्रहरीले जनाएको छ ।

शृङ्खलाबद्ध चोरीमा भारतको उत्तर प्रदेश निवासी २३ वर्षीय राहुल निषाद र भारतकै महाराष्ट्र निवासी ४० वर्षीय सोमनाथ हनुमंत जाधव गरी २ जना भारतीय नागरिक संलग्न रहेको प्रहरीको दाबी छ ।

उनीहरूसँगै चीनका ३० वर्षीय वेन जिए र चीनकै ३७ वर्षीय वाङ लियानयिनलाईसमेत प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ । गिरोहमा विदेशी नागरिकका साथै पाँच जना नेपाली सहयोगीहरूसमेत संलग्न रहेको भन्दै पक्राउ समाएको छ ।

जसमा स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय राजु केसी भन्ने खिमबहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थानका २९ वर्षीय अशोक पोखरेल, पोखरा महानगरपालिका वडा नं. १६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न ब्रान्डका ९ थान मोबाइल, १ थान ल्यापटप, १ थान स्मार्ट घडी र सुनको ब्रासलेट १ थानसमेत जफत गरेको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

महिलालाई कुटपिट गरेको आरोपमा दुई पुरूष पक्राउ

१ हप्ता अगाडि
करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एशियन चेसमा नेपालको सानदार शुरुवात

पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक

उपत्यकाकाे नाकामा विशेष सावधानी अपनाउन आग्रह

विश्वकपकाे यी फाइनल खेलले इतिहासमै परिवर्तन ल्यायाे

एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक