आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
एनआरएनए  एकता महाधिवेशनको तयारी पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले लब्ध प्रतिष्ठित प्राध्यापक तथा विज्ञहरु सहित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन्।

संघको सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् । यसैगरी पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ । आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ।

अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र) बाट सल्लाहकार समितिमा भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदिश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आईसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन्। युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन्।

एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन्। रोशन केसी, डा. सरोज कँडेल , सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन्। थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन्। हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन्। म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट अर्थविद डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन्।

मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। साउदी अरबबाट यास्मिन बेगम, रूसबाट एक नारायण चापागाईं र उत्सव अमात्य, सेशेल्सबाट आर.पी. पन्त र नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।

आइसिसीले सल्लाहकार तथा मानार्थ सदस्य मनोनयनका लागि यसअघि सल्लाहकार वा मानार्थ सदस्य भइसकेकाहरूलाई सम्मान गर्दै नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने निर्णय गरेको थियो । त्यस्तै आआफ्नो क्षेत्रमा योगदान पुराएका विज्ञहरुलाई प्राथमिकता दिने पनि उल्लेख थियो।

यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशील, मर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५ औँ बैठकले व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

७ घण्टा अगाडि
प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवकास पाइसकेका व्यक्तिलाई करारमा नराख्न पत्राचार

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउन सम्झौता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक