सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले देशमा बढ्दो निराशा, युवाहरूको आत्महत्या तथा आत्मदाहका घटना र मिटरब्याज पीडितहरूको समस्याप्रति सरकार संवेदनहीन बनेको आरोप लगाएकी छिन्।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले जनसरोकारका मुद्दामा सरकार गम्भीर नबनेको बताएकी हुन्।

उनले पछिल्लो समय युवाले आत्मदाह गरेको र बुधबार मात्रै रौतहटमा एक जनाले आत्महत्याको प्रयास गरेको उल्लेख गर्दै सरकार नागरिकका समस्या समाधानमा नलागेको टिप्पणी गरिन्। युवाहरूमा व्याप्त हिनताबोध र आक्रोशका कारण उनीहरू आत्मदाह जस्तो कठोर बाटो रोज्न बाध्य भएको भन्दै उनले सरकारको १०० दिनको कार्यकाल उपलब्धिविहीन भएको जनाइन्।
जनताको धैर्यको बाँध जुनसुकै बेला टुट्न सक्ने भन्दै उनले सरकारलाई समयमै सचेत रहन चेतावनी समेत दिएकी छिन्। यसैगरी, सांसद राईले ट्राफिक व्यवस्थापन र सर्वसाधारणलाई लगाइने जरिवानाका विषयमा पनि प्रश्न उठाइन्। गरिब र सर्वसाधारण चालकहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था न्यायपूर्ण नभएको उनको तर्क छ। मिटरब्याज पीडितहरूको समस्या समाधानमा समेत सरकारले कुनै ठोस पहल नगरेको उनले जनाइन्।
युवाहरूको निराशा र सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्दै बैठकमा सांसद राईले भनिन्, ‘जुन युवा र विद्यार्थीलाई ढाल बनाएर यो व्यवस्था र सरकार स्थापना भयो, आज तिनै युवाहरू दिनदहाडै जलिरहेका छन्।’ गरिब र निमुखाहरूको मत पाएर सत्तामा पुगेको सरकारले उनीहरूको दुःख बुझ्न नसकेको आरोप लगाउँदै उनले थपिन्, ‘गरिब र निमुखाहरूको मतले विजय प्राप्त गरेको सरकारले उनीहरूकै आँसुमा रमाइरहेको भान भइरहेको छ।’

यो पनि पढ्नुहोस्

६ मिनेट अगाडि
जलवायु न्याय सुनिश्चित गर्न ऐक्यबद्धताको आवश्यकता

पूर्वउपसभामुख इन्दिरा बेलायत प्रस्थान

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक