बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आत्मदाहका घटना रोक्न माग

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
आत्मदाहका घटना रोक्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गणेश नेपाली, अश्विन राउत र विवेक मण्डलको आत्मदाहका घटनाको पीडा सेलाउन नपाउँदै रौतहटका २८ वर्षीय गौतमकुमार सहनीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको उल्लेख गरिन्। उनले सरकारले रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए पनि बेरोजगारी र निराशाबाट गुज्रिरहेका युवामा आशा जगाउन नसकेको टिप्पणी गरिन्। उनले भनिन्, ‘देशमा रोजगार दिने घोषणा गरेको सरकारले बेरोजगार भएर निसास्सिएका युवाहरूलाई आशासमेत जगाउन सकेन।

दिनप्रतिदिन मृत्युवरणका घटनाहरू बढिरहेका छन्। यो सरकारप्रतिको निराशाको अभिव्यक्ति हो। सरकारले यस्ता घटना रोक्न तुरुन्तै प्रभावकारी कदम चालोस्।’ सांसद शर्माले बागलुङको धोरपाटन नगरपालिका–२ सालमकोटमा मावली घरको आँगनमा खेलिरहेका बेला पर्खाल भत्किँदा पाँच वर्षीय आशीष भण्डारी को घटनास्थलमै मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्।

उनले मृतक बालकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरिन्। त्यस्तै बागलुङकै काठेखोला गाउँपालिका–७ र ८ को सिमानास्थित रेसाखोलामा खोलो तर्ने क्रममा गुल्मीको मिसीकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएको उल्लेख गर्दै खोजी कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरिन्।

सांसद शर्माले सिंहदरबार परिसरमा अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी आन्दोलनमा रहेको उल्लेख गर्दै तीनै तहका सरकारअन्तर्गत कार्यरत करिब ५० हजार कर्मचारी रोजगारी गुमाउने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराइन्। उनले १० देखि २५ वर्षसम्म निरन्तर सेवा गरेका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्। बयस्तै, काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिन थालेको उल्लेख गर्दै उनले रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने मागसमेत गरिन्।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

१ घण्टा अगाडि
संसदप्रति उत्तरदायी बन्न आग्रह

संसदप्रति उत्तरदायी बन्न आग्रह

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक