बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थाले

धारणा न्यूज by धारणा न्यूज
१३ घण्टा अगाडि
0
सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्वत । पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न थालेपछि क्रमशः बाँदर हराउँदै जान थालेका छन् ।

अदुवा नगदे तथा मसला बाली हो । दक्षिण पर्वत अधिकारीडाँडामा ४० जना कृषकले बाँदरलगायत अन्य वन्यजन्तुबाट पीडित भएपछि मकै बालीलाई विस्थापित गर्दै अदुवाखेती गरेका हुन् । गत वर्ष पाँच रोपनीमा सोचेभन्दा धेरै आम्दानी भएपछि यस वर्ष ६० रोपनी क्षेत्रफलमा अदुवाखेती विस्तार गरिएको समूहका अध्यक्ष हुमलाल अधिकारीले जानकारी दिए । गत वैशाखमा गरिएको अदुवाखेती आगामी पुस महिनामा खनेर बजार पठाइने भएको छ ।

यहाँका प्रत्येक कृषकले चारदेखि छ क्विन्टल अदुवा रोपेका छन् । गत वर्ष झण्डै ६० क्विन्टल अदुवा बिक्री गरेर ६ लाख आम्दानी गरेका कृषकले यस वर्ष दश मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान छ । मकै र कोदो खेती गर्न छोडेपछि बाँदर हराउँदै गए । आम्दानी पनि दोब्बर भयो । स्थानीय ‘नशे’ जातको अदुवालगायका कृषक उत्पादन राम्रो भएपछि अदुवाखेतीमा पल्किएका छन् ।

अदुवाखेतीको प्रवर्द्धन र कृषक प्रोत्साहनका लागि कृषि विकास कार्यलय पर्वतले बीउमा प्रतिकिलो रु एक सय र बजार मूल्यमा प्रतिकिलो रु ५० का दरले अनुदान उपलब्ध गराएको छ । यस वर्ष पालिकाले समूहलाई थप रु तीन लाख अनुदान दिएको कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक राष्ट्र हो ।

उत्पादनको झन्डै ६० प्रतिशत अदुवा भारतलगायतका देशमा निर्यात हुन्छ । ग्रामीण अर्थतन्त्र उकास्न र कृषकको आयआर्जन बढाउन अदुवा बाली महत्त्वपूर्ण मानिन्छ । नेपालका ६९ जिल्लामा अदुवाको व्यावसायिकखेती हुन्छ । जसमध्ये इलाम, सल्यान,पाल्पा, डोटी, मकवानपुर र धनकुटा प्रमुख अदुवा उत्पादन गर्ने जिल्लामा पर्छन् ।

यो पनि पढ्नुहोस्

१०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरण

१०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरण

६ दिन अगाडि
चिलीका एक व्यक्तिमा बर्डफ्लू भेटियाे

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक