शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले हरेक नागरिकको आवास सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता गरेको छ । आवास मौलिक अधिकार हो भन्ने मान्यतालाई कानुनी रूपमै मूर्त रूप दिने यो प्रयासले निम्न र मध्यम आय वर्गका नागरिकहरूको दीर्घकालीन समस्या सम्बोधन गर्ने संकेत दिएको छ । नेपालजस्तो भूकम्पप्रवण र विपत् जोखिमयुक्त मुलुकमा सुरक्षित, व्यवस्थित र किफायती आवासको अभाव दीर्घकालीन चुनौती रहँदै आएको सन्दर्भमा यो विधेयक सकारात्मक कदम हो ।
प्रस्तावित भवन ऐन २०८३ मा पहिलोपटक घर बनाउने नागरिकलाई सरकारले तोकेको डिजाइन र मापदण्डअनुसार नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था राखिएको छ । गोठ निर्माणका लागि पनि यस्तै सुविधा दिने प्रस्ताव छ । गरिब तथा विपन्न वर्गका लागि संघीय सरकारबाट ५० हजार र प्रदेशबाट २५ हजार गरी जम्मा ७५ हजार रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । विपत् जोखिममा रहेका वा असुरक्षित बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै घर बनाइदिने नीति अघि सारिएको छ । मध्यम आय वर्गका लागि भने भूकम्प प्रतिरोधी स्मार्ट घरको अवधारणा ल्याइएको छ, जसको लागत २० देखि ७५ लाखसम्म हुने अनुमान छ र सहुलियतपूर्ण ऋण तथा किस्ताबन्दीका विकल्पहरू राखिएका छन् ।
यी प्रावधानहरूले आवासलाई केवल निजी मामला नभई राज्यको जिम्मेवारीका रूपमा स्थापित गर्न खोजेको देखिन्छ । विशेष गरी विपन्न वर्ग र जोखिमयुक्त बस्तीका नागरिकलाई लक्षित गर्दा यसले सामाजिक न्यायको भावना समेटेको छ । भूकम्पपछिको पुनर्निर्माण अनुभवले देखाएको छ कि मापदण्डहीन घरहरूले ठूलो क्षति पु¥याउँछ । त्यसैले मापदण्डअनुसारको सुरक्षित आवास प्रवद्र्धन गर्ने प्रावधान समयसापेक्ष छ । मध्यम वर्गका लागि किस्ताबन्दी र सहुलियत ऋणको व्यवस्था पनि व्यावहारिक देखिन्छ, किनकि धेरै परिवार एकैचोटि ठूलो रकम जुटाउन असमर्थ हुन्छन् ।
तर विधेयकको सफलता यसको कार्यान्वयनमा निर्भर गर्छ । निःशुल्क सामग्री वितरण, अनुदान प्रवाह र ऋण व्यवस्थापनमा पारदर्शिता अनिवार्य छ । विगतका अनुभवहरूले देखाएका छन् कि यस्ता योजनाहरूमा मध्यस्थता, ढिलासुस्ती र अनियमितताको जोखिम उच्च हुन्छ । नदीजन्य सामग्रीको सहज आपूर्ति र गुणस्तर नियन्त्रण चुनौतीपूर्ण हुन सक्छ । प्रदेश सरकारसँगको समन्वय कसरी हुन्छ भन्ने स्पष्टता आवश्यक छ । अनुदान रकम पर्याप्त हो कि होइन, लक्षित वर्गसम्म पुग्छ कि पुग्दैन भन्ने निगरानी संयन्त्र बलियो बनाउनुपर्छ । स्मार्ट घरको लागत अनुमान र किस्ता दरहरू वास्तविक आयसँग मेल खाने हो भने मात्र मध्यम वर्ग लाभान्वित हुनेछन् । सरकारले यस ऐनलाई केवल घोषणामा सीमित नराखी प्रभावकारी कार्यान्वयन योजनासहित अघि बढाउनुपर्छ । स्थानीय तहको सक्रिय सहभागिता, प्राविधिक सहयोग, जनचेतना र नियमित अनुगमन आवश्यक छ । आवास अधिकार कानुनी रूपमा सुनिश्चित गर्नु सकारात्मक हो, तर त्यसलाई व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति, प्रशासनिक दक्षता र वित्तीय सुनिश्चितता अपरिहार्य छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

५० मिनेट अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छः युवाहरु

कांग्रेसकाे सभापतिमा गगन थापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक