बुध, असार ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महतोले प्रहरीको कुटपिटबाट माजिद अन्सारीको शरीरभरि निलडाम देखिएको दाबी गर्दै उक्त घटनाले राज्यको निरंकुश तथा विभेदकारी चरित्र उजागर गरेको टिप्पणी गरेका छन्।

महतोका अनुसार भेटका क्रममा माजिद अन्सारीले भावुक हुँदै, “देशको प्रधानमन्त्री आफैँ मधेसी भएको बेला पनि मधेसी भएकै कारण ममाथि यसरी निर्घात कुटपिट किन गरियो? के यो देशमा हाम्रो आत्मसम्मानको कुनै मूल्य छैन? यही परिवर्तनका लागि हामी लडेका थियौँ र यही आशामा बालेनलाई मतदान गरेका थियौँ?” भन्ने प्रश्न गरेका थिए।

महतोले अन्सारीको उक्त प्रश्न आफूलाई मात्र नभई सम्पूर्ण मधेसी समुदायको आवाज भएको उल्लेख गर्दै यसलाई वर्तमान सरकार र राज्य व्यवस्थाप्रतिको गम्भीर प्रश्नका रूपमा व्याख्या गरेका छन्। उनले पक्राउ पुर्जीबिनै, कानुनी आधार नदेखाई मध्यरातमा एक युवालाई नियन्त्रणमा लिएर कुटपिट गर्नु तथा ‘मधेसी’ भन्दै नश्लीय गालीगलौज गर्नु कानुनी शासनको सिद्धान्तविपरीत भएको आरोप लगाए।

उनले सत्ता परिवर्तन मात्र पर्याप्त नभई मधेसी तथा अन्य सीमान्तकृत समुदायप्रति राज्यको दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्।

महतोले माजिद अन्सारीलाई कुन कानुनी आधारमा पक्राउ गरिएको र उनीमाथि कथित दुर्व्यवहार किन गरियो भन्ने विषयमा सरकारले तत्काल स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, अन्सारीको सुरक्षा सुनिश्चित गर्न तथा सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत महतोले रंग, भूगोल वा पहिचानका आधारमा आफ्नै नागरिकमाथि हुने विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध मौन बस्न नसकिने बताएका छन्। उनले माजिद अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

यो पनि पढ्नुहोस्

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

उपत्यकामा आठ सय ग्रामलाई एक किलो भनेर सामान बेचबिखन

१० घण्टा अगाडि
टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

थारु भाषामा याेगदान पुर्याए बापत इन्द्र चौधरी सम्मानित

‘मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग

संघीय संसद बैठक आज बस्दै

अन्तरिम आदेश उल्लंघन अदालतको अवहेलना गरेको भन्दै निवेदन

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक