काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आइतबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आफूहरूमाथि दमन गर्दै गैरन्यायीक तरिकाले पक्राउ गरेको भन्दै सोको विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। शनिबार काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी र सरिश्मा थापासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। डुवानमा परेको होल्डिङ सेन्टर पुगेका उनीहरू पक्राउ परेका हुन्।
सुकुम्बासीहरूको शून्य व्यवस्थापन हुँदा यतिबेला आफूहरूले डुवान र भोकमरीको समस्या झेल्नु परेको भन्दै उनीहरूले दाबी छ।


