काठमाडौं । वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका गणेश नेपालीका परिवारजनमा शाेक मग्न छाएकाे छ।
उनका आफन्त जन सर्वसाधारणले अस्पताल परिसरमा भीड बढेकाे छ।
मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय नेपालीले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। साेपछि उपचारका लागि वीर अस्पतालको बर्न आईसीयूमा पुर्याइएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। तर, ५५ प्रतिशत भन्दाबढी भाग जलेका उनको उपचारका क्रममा निधन भयो।
उनको निधन भएसँगै परिवार र आफन्तले भने शव बुझ्न मानेका छैनन्। ‘राइड सेयरिङ’मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका कारण आत्मदह प्रयास गर्न बाध्य भएको उनको परिवार र आफन्तको दाबी छ।
वीर परिसरमा यतिबेला बाक्लो संख्यामा प्रहरी तैनाथ छन्। भीड बाक्लिरहँदा प्रहरीले भने पत्रकारलाई फोटो नखिच्न आह्वान गरिरहेको छ।


