बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री बालेनको पुतला दहन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
प्रधानमन्त्री बालेनको पुतला दहन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको विरोधमा स्थानीयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पुतला दहन गरेका छन्।

स्थानीय बासिन्दाले नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर बजेट कार्यान्वयन र भुक्तानी प्रक्रिया अवरुद्ध भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउन, बजेट कार्यान्वयन गर्न तथा अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै नाराबाजी गरेका थिए।

स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले जिम्मेवारी सम्हाल्न नसकेपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसपछि हालसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले नगरपालिकाको प्रशासनिक र वित्तीय काम प्रभावित भएको उनीहरूको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण विकास निर्माणका योजना, बजेट कार्यान्वयन तथा विभिन्न शीर्षकका भुक्तानी रोकिएको भन्दै स्थानीय, सेवाग्राही तथा विभिन्न लाभग्राही समूहले यसअघि पनि आन्दोलन गर्दै आएका छन्।

छ महिनादेखि तलब नपाएको भन्दै नगर शिक्षकहरूले पेनडाउन आन्दोलन गरिरहेका छन्। बहुक्षेत्रीय पोषण कार्यक्रमका गर्भवती तथा सुत्केरी महिलाले समेत सम्बन्धित सुविधा पाउन नसकेको गुनासो गरेका छन्। सरसफाइ कर्मचारीले तलब नपाएपछि काम छाड्दा नगरको सरसफाइ व्यवस्था पनि प्रभावित भएको स्थानीयको भनाइ छ।

यसैबीच, सर्वोच्च अदालतले मौलापुर नगरपालिकाका निःशुल्क विद्युत्, निःशुल्क खानेपानीलगायत जनमुखी कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको भए पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा उक्त आदेश कार्यान्वयनमा समस्या भएको स्थानीयले बताएका छन्।

मौलापुर नगरपालिकाकी प्रमुख रिना साहले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकालाई प्रशासनिक संकटमा धकेलेको आरोप लगाएकी छन्। बजेट कार्यान्वयन र भुक्तानीका लागि अत्यन्त महत्वपूर्ण समयमा कर्मचारी रिक्त राखिएकाले बजेट फ्रिज हुने अवस्था सिर्जना भएको उनको दाबी छ।

यस विषयमा प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

३३ मिनेट अगाडि
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक