बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण संशोधन गर्दै केही सुधार हुने अनुमान

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२६) का लागि नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई संशोधन गर्दै केही सुधार हुने अनुमान सार्वजनिक गरेको छ। बैंकले आफ्नो पछिल्लो प्रतिवेदन ‘एसियन डेभलपमेन्ट आउटलुक जुलाई २०२६’ मार्फत नेपालको अर्थतन्त्रमा जलविद्युत् क्षेत्रको योगदान सकारात्मक रहने भन्दै वृद्धिदर बढ्ने देखाएको हो ।

एडीबीले सन् २०२६ को जुलाईमा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२६ (मध्य जुलाईमा समाप्त हुने आर्थिक वर्ष) का लागि नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरिएको छ । यो प्रक्षेपण यसअघि अप्रिलमा गरिएको २.७ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो । विशेषगरी जलविद्युत् क्षेत्रसँग सम्बन्धित औद्योगिक गतिविधिमा आएको तीव्रताका कारण यो वृद्धि सम्भव भएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, बैंकले सन् २०२७ का लागि भने वृद्धिदरको लक्ष्य घटाएको छ। यसअघि ५.० प्रतिशत रहने अनुमान गरिएकोमा अहिले त्यसलाई संशोधन गरी ४.५ प्रतिशतमा झारिएको छ । मध्यपूर्वको द्वन्द्वका कारण पर्यटक आगमनमा पर्न सक्ने असर र वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा आउन सक्ने गिरावटलाई यसको प्रमुख कारण मानिएको छ ।

महँगीको सन्दर्भमा नेपालका लागि मिश्रित तथ्यांक प्रस्तुत गरिएको छ। सन् २०२६ का लागि मुद्रास्फीति दर ३.२ प्रतिशतमा खुम्चने अनुमान छ, जुन अप्रिलको ३.७ प्रतिशतको प्रक्षेपणभन्दा कम हो । कृषि उपजको आपूर्तिमा भएको सुधार र खाद्यान्नको मूल्यमा आएको गिरावटका कारण यो वर्ष महँगी नियन्त्रणमा रहने देखिएको हो । तर, सन् २०२७ मा भने महँगी पुनः बढ्ने प्रक्षेपण गरिएको छ। इन्धनको मूल्य वृद्धि, सरकारको वित्तीय विस्तार र बढ्दो आन्तरिक मागका कारण सन् २०२७ मा मुद्रास्फीति ५.० प्रतिशत पुग्न सक्ने अनुमान एडीबीले गरेको छ ।

प्रतिवेदनले नेपालको मौद्रिक नीति कसिलो रहँदा रहँदै पनि सन् २०२६ को सुरुवाती महिनाहरूमा मुद्रास्फीतिले निर्धारित सीमा नाघेको देखाएको छ । यस्तै, नेपालको प्राथमिक सन्तुलन कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋणात्मक रहने प्रक्षेपण गरिएको छ ।

एसियाली विकास बैंकले सन् २०२६ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.० प्रतिशत रहने अनुमान गरेको छ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

२ घण्टा अगाडि
प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक