काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्का इजलासले कसुर ठहर आदेश गरेको हो ।
उक्त फैसलामा यो प्रकरणका मुख्य प्रतिवादी भनिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । अन्य अभियोगमा भने झाले सफाई पाएका छन् । प्रतिवादी रामशरण के.सी.बाट २ करोडको चेक बुझि लिएको भन्ने देखिएको र उक्त चेकको रकम भुक्तानीको लागि बैंकमा पेश हुँदा खातामा पर्याप्त मौज्दात नरहेको कारण चेक सटही हुन नसकेको भन्ने कुरा बैंकको पत्रबाट समेत देखिंदा झाले ठगी सम्बन्धी कसूरको उद्योगको कसूर गरेको अदालतले ठहर गरेको छ । सो बाहेक झाले सरकारी लिखत किर्ते, संगठित अपराध, राज्य विरुद्धको कसूर तथा एकिकृत कसूर गरेको भन्ने तर्फको दावी पुग्न नसक्ने अदालतले ठहर गरेको छ ।
झालाई हुने सजाय निर्धारणका लागि मिति २०८३।३।२९ गतेको पेशी तोकिएको छ । पेशी मिति अगावै सजाय पुर्वको प्रतिवेदन पेश गर्न भनिएको छ । फैसलामा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड ठगी तथा संगठित अपराधको कसूरमा मतियार रहेको ठहर गरेको छ । त्यस्तै खाँडलाई राज्यविरुद्धको कसुर र एकिकृत कसुरमा पनि मतियार रहेको ठहर गरेको छ । त्यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकिकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ ।
पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्। शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित कीर्तेमा दोषी ठहर भएका छन्।
प्रतिवादीहरु मध्ये केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आडटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीले वादी नेपाल सरकारको अभियोग मागदावी बमोजिम आरोपित ठगी तथा संगठित अपराधको कसूर गरेको ठहर गरेको छ ।
उक्त मुद्दामा ७ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा रामशरण के.सी., टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।
सजाय भने तोकिएको छैन । सजाय निर्धारणको लागि अर्को पेसी तोकिने जनाइएको छ ।
यस्तो छ कसुर ठहर आदेशको पूर्णपाठ


