मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा लगानी बढाउन आग्रह

धारणा न्यूज by धारणा न्यूज
१४ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपालमा लगानी बढाउन आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवर्द्धन सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गर्दै आचार्यले त्यस्तो आह्वान गरेका हुन् ।

आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न लामो संघर्ष गरेको उनले स्मरण गरे । लामो संघर्षपछि पहिलो एनआरएन नागरिकता लिने अवसर पाएको सम्झना गर्दै उनले नागरिकताको कानुनी झन्झट अन्त्य भएपछि सबैले निर्धक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए ।

दुई ठूला आर्थिक महाशक्ति र विशाल जनसंख्या भएका छिमेकी मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजार र विकासको प्रचुर सम्भावना रहेको उनले प्रष्ट पारे ।

बेलायतमा सुरुवाती दिनमा संघर्ष गर्दै ‘होली काउ’ व्यवसायमार्फत अहिलेको स्थितिमा पुगेको उनले आफ्नो अनुभव सुनाए । आचार्यले सन् २०१२ मा संयुक्त लगानीको अवधारणा अघि सारिएको र सोही पहलस्वरूप सन् २०१७ मा ‘एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी’ स्थापना भएको जनाए। उक्त कम्पनी सन् २०२० मा नेपालको सेयर बजार (नेप्से) मा समेत सूचीकृत भइसकेको छ । उक्त कम्पनीले लगानीकर्ताहरूलाई राम्रो मुनाफा वितरण गरिरहेको जानकारी दिँदै उनले गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा नेपालका विभिन्न जलविद्युत आयोजना र अन्य क्षेत्रमा तीव्र गतिमा काम भइरहेको बताए ।

नेपालमा सुरक्षित लगानीका लागि त्यहाँका स्थापित र विश्वसनीय व्यावसायिक घरानाहरूसँग रणनीतिक साझेदारी भइरहेको पनि आचार्यले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपसँग मिलेर ‘हिमालय पावर पार्टनर’ लगायतका हाइड्रो प्रोजेक्टमा सहकार्य भइरहेको उनले उल्लेख गरे ।

यसैगरी, रुसमा रहेका नेपाली उद्यमीहरूद्वारा स्थापित सानिमा ग्रुपसँग मिलेर विभिन्न हाइड्रो र बैंकहरूमा लगानी गरिएको र बेलायतका केही कम्पनीहरूले पनि नेपालमा लगानी विस्तार गरिरहेको उनले बताए ।

आचार्यले नेपालको पूर्वाधार र जलविद्युत क्षेत्रको अर्को ठूलो लगानीकर्ता ‘केसी ग्रुप’ सँगको सहकार्यबारे पनि प्रकाश पारे । उक्त ग्रुपसँग मिलेर जलविद्युत, सर्भिस सेन्टर, पर्यटन र हस्पिटालिटी तथा अपार्टमेन्ट परियोजनाहरू सञ्चालन गर्न लागिएको जानकारी दिँदै उनले भने, ‘आउनुहोस्, सँगै बसेर छलफल गरौँ । हामी नेपालमा जलविद्युत, होटल लगायतका क्षेत्रमा थप लगानी गर्न पूर्ण रूपमा तयार छौँ ।’

यसैगरी, विभिन्न चुनौतीका बाबजुद भैरहवा (लुम्बिनी) मा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ लाई सफलतापूर्वक सञ्चालन गरिरहेको पनि उनले उल्लेख गरे । नेपालकै सबैभन्दा ठूलो क्यासिनो र आकर्षक स्विमिङ पुल भएको रिसोर्टमा हाल ११ सयभन्दा बढीले रोजगारी पाएका छन् । यसमा बेलायत र अमेरिकाका गैर आवासीय नेपाली व्यवसायीहरूको संयुक्त साझेदारी रहेको उनले स्पष्ट पारे ।

चार्यले नेपालमा उद्यमशीलता र लगानी प्रवर्द्धनका लागि अहोरात्र खटिने युवा अनुसन्धानकर्ता तथा नेपाली दूतावासका अधिकारीहरूलाई धन्यवाद दिए ।

साथै, बेलायतमा रहेका नेपालीहरूलाई छिट्टै एउटा गोलमेच बैठक (राउन्ड टेबल) मा बसी बृहत् लगानीको प्रतिबद्धता जनाउन र मातृभूमिको आर्थिक रूपान्तरणमा साझेदार बन्न पनि उनले अपिल गरे ।

यो पनि पढ्नुहोस्

साउदी प्रो लिगमा रोनाल्डो र  मानेकाे लगातार चौंथो खेलमा गोल

सन्यासबारे हतारमा कुनै पनि निर्णय नलिने : रोनाल्डो

७ घण्टा अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घट्याे

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जयवीरलाई बयानका लागि पत्र काट्याे

आदिकवि भानुभक्त आचार्यको विविध कार्यक्रमसहित मनाइने

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक