काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका-१३ झलारीगाउँ डेरा गरी बस्ने कञ्चनपुर घर भएका प्रकाश रानाको छोरा ७ वर्षीय आइएन राना सोही ठाउँस्थित माछा पोखरी नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसेगरी कैलाली, चुरे गाउँपालिका-१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा सोही गाउँपालिका-१ मिलनपुरस्थित चिनानी खोला किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, राप्ती गाउँपालिका-६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका-६ मझेरिया बस्ने रामधनी चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


