कपिलवस्तु । मायादेवी गाउँपालिका-३ विचौवापुर बस्ने अशोक रैदासको छोरा १० वर्षीय रितिक रैदासको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको पानीको नल्कामा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


