बुध, असार १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई जर्मन कम्पनीहरूले पासपोर्ट छापेर नेपाललाई हस्तान्तरण गरिने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
सात महिनाको अवधिमा दश हजारले राहदानी लिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । केही दिनदेखिको अन्योलपछि अन्ततः दुई जर्मन कम्पनीहरूले नै पासपोर्ट छापेर नेपाललाई हस्तान्तरण गर्ने भएका छन् ।

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि छापिएका पासपोर्टहरूको स्टक सकिएको थियो । अन्ततः परराष्ट्र मन्त्रालयले दुई जर्मन कम्पनीहरू म्यूलबैर र भेरिडोजले नै छाप्ने निश्चित गरेको हो । ‘अहिले रहेको करिब ५० हजार पासपोर्टको स्टक सकिनासाथ नयाँ ठेक्का पाएका कम्पनीहरूले पासपोर्ट छाप्न थाल्नेछन्’, परराष्ट्र मन्त्रालयका एक उच्चपदस्थ अधिकारीले भने, ‘त्यतिञ्जेलसम्म अहिले विशेष अदालतमा चलिरहेको मुद्दाले पासपोर्ट ठेक्का फरक नपर्नेगरी काम अघि बढाउने सहमति भएको छ ।’

राहदानी विभागका अनुसार, नयाँ दुई कम्पनीहरूले उपकरण जडानदेखि डाटा व्यवस्थापनको काम सम्पन्न गरिसकेका छन् । ठेक्का पाएका दुईमध्ये भेरिडोजले करिब ५ लाख पुस्तिका(बुकलेट) छापिसकेको छ । त्यसैले गर्दा उसले करिब ४२ करोड रुपैयाँ भुक्तानी पाउने निश्चित भइसकेको छ ।

अर्को कम्पनी म्यूलबैरले भने उपकरण जडान, व्यवस्थापन र मर्मतसम्भारको काम गर्नेछ । उपकरण जडान र व्यवस्थापनका सबैजसो काम सकिएकाले उसले पासपोर्ट छपाई हुनासाथ आफ्नो भुक्तानी पाउनेछ ।

करिब दुई साताको अन्यौल

गतसाता प्रधानमन्त्री बालेन शाहको सल्लाहकार र सचिवालयमा रहेका कर्मचारीहरूले पासपोर्ट छपाईमा अस्वभाविक ढिलाई भएको र त्यसले सेवाग्राहीलाई असर पार्ने भन्दै राहदानी विभागका कर्मचारीहरूलाई बोलाएर केरकार गरेका थिए ।

त्यही दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार रा सहित अरु आयुक्तहरूलाई पनि प्रधानमन्त्री कार्यालयमै डाकेर उनको टिमले ‘ठूलो मात्रामा भ्रष्टाचार भएको देख्दादेख्दै किन भ्रष्टाचार मुद्दा नचलाएको ?’ भनी केरकार गरेको थियो ।

त्यही दिन राती अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, फ्रान्सेली कम्पनी म्यूलबैरका सहजकर्ता मणिन्द्रराज मल्ललाई पक्राउ गरेको थियो । अख्तियारको नियन्त्रणमा रहेका भेरिडोज कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा भने पछि सम्पर्कविहीन भए ।

आइडिमियाको सक्रियता

प्रधानमन्त्री कार्यालयमा राहदानी विभाग र अख्तियारका पदाधिकारीहरूमाथि भएको केरकारको एक सातापछि नै अख्तियारले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको भन्दै १० अर्ब १३ करोड रुपैयाँ बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ठेक्कामा प्रतिस्पर्धा गरेको तर छनौट हुन नसकेको फ्रान्सेली कम्पनी आईडिमियाले त्यसपछि ठेक्का आफ्नो हातमा पार्ने वा पुरानै शैलीमा पासपोर्ट छपाईलाई निरन्तरता दिन बाध्य पार्ने योजना बनाएको थियो ।

नेपालमा मेसिन रिडेवल पासपोर्ट(एमआरपी) छपाईको ठेक्का पाएको फ्रान्सेकी कम्पनी ओवर्थर पछि त्यहाँको आइडिमिया नामको कम्पनीमा मिसिएको थियो, जसले करिब डेढ दशकदेखि निरन्तरत पासपोर्ट छाप्दै आइरहेको छ ।

पछिल्लो वर्षहरूमा पासपोर्टको नयाँ ठेक्का तय हुन नसकेपछि उसले भेरिएसन आर्डर(भिओ)का आधारमा थप पासपोर्टहरू छापिरहेको थियो । पछिल्लो पटक उसले सुशीला कार्की नेतृत्वको सरकारबाट निर्णय गराएर करिब सात लाख पासपोर्ट छापिरहेको छ ।

गतवर्ष नै पासपोर्टको टेण्डरमा प्रतिस्पर्धा गरेको आइडिमिया ठेक्कामा छनौट भएन । त्यसपछि उसले राहदानी विभागका महानिर्देशकलाई नै पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

त्यहाँबाट समेत निर्णय नउल्टिएपछि उसले सार्वजनिक खरिद पुरावलोकन समितिमा उजुरी हालेको थियो । उसले दिएको अर्को रिट निवेदन सर्वोच्च अदालतमा समेत विचाराधिन छ ।

पाँच सय रुपैयाँ सस्तो

अहिलेसम्म नेपालमा पासपोर्ट उपलब्ध गराइरहेको फ्रान्सेली कम्पनी आइडिमियाले पछिल्लोपटक १० दशमलब १३ डलरमा एउटा पासपोर्ट उपलब्ध गराइरहेको थियो । उसले शुरुमा ठेक्का सम्झौता हुँदा त्यही पासपोर्ट १० दशमलव ४५ डलरमा दिइरहेको थियो ।

तर जर्मनीको म्यूलबैर र भेरिडोसले ८ दशमलब ६१ डलरमा पासपोर्टको ठेक्का पाएका हुन्, जसमा आइडिमियाले ९ दशमलब ९३ डलरमा पासपोर्ट दिने भनी प्रतिस्पर्धा गरिरहेको थियो । तर उसले विभिन्न निकायहरुमा उजुरी दिँदा भने आफूले छुटमा दिने भनेर गरेको प्रस्तावको हिसावकिताव नगरिएको आरोप लगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलपत्रका शर्तहरू फेरबदल हुँदा पासपोर्टको गुणस्तर पनि कम भएको भनी विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर राहदानी विभागका त्यतिबेलाका कर्मचारीहरू भने त्यो दाबी स्विकार गर्न तयार छैनन् । विभागका कर्मचारीका अनुसार, पासपोर्टको पुस्तिकाको विषय भने भुक्तानीसँग पनि जोडिन्छ ।

करिब १८ करोड रुपैयाँ लगिसकेको जर्मनीको भेरिडोस कम्पनीले पाँच लाख पासपोर्ट छापिसकेकाले अरु थप भुक्तानीको दाबी गरेको छ, जुन प्रक्रिया नेपाल राष्ट्र बैंकमा पुगेर रोकिएको छ । अर्को कम्पनी म्यूलबैरले भने पासपोर्ट छापिन थालेपछि मात्रै उपकरण जडान र मर्मतसम्भारको भुक्तानी पाउनेछ ।

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

४१ मिनेट अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक