काठमाडौं । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा चार जना पूर्वप्रधानमन्त्री उपस्थित हुनुभएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्टपार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा उपस्थित हुनुभएको हो।
फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि नेपालका कम्युनिस्ट नेता एवम् पूर्वप्रधानमन्त्री एकसाथ उपस्थित हुनुभएको हो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता जारी कार्यक्रममा ‘श्वेतशार्दूल मदन भण्डारीको जीवनीका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिँदै छ ।


