सुनसरी । देवानगंज गाउँपालिका-२ मरीया खोला नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ट्याब्लेट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ घुस्कीबाट देवानगंजतर्फ आउँदै गरेको को.२२ प २८१७ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको पछाडी बाँधेको बोरामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


