बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
बलात्कार गरेकाे आरोपमा पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । जबर्जस्ती करणीको आरोपमा बारा जिल्लाको सिमरा क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका सुशील केसी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीमा दर्ता गरिएको जाहेरीअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोलमा गत चैत २२ गते राति करिब ९ः३० बजे उक्त घटना भएको आरोप लगाइएको छ। पीडित महिलाले आफू गोदावरी नगरपालिका–१३, झरुवारासी आरुबोट निवासी रहेको उल्लेख गरेकी छन्।
जाहेरीमा केसीले अत्यधिक मदिरा सेवन गरेको अवस्थामा आफूमाथि जबर्जस्ती करणी गरेको तथा घटनाअघि जबर्जस्ती मदिरा पिलाएको आरोप लगाइएको छ। पीडितका अनुसार उनका श्रीमान्को २०८२ साल वैशाखमा निधन भएको थियो र शोकको अवस्थामै नाताले भाइ पर्ने केसीबाट आफू हिंसामा परेको दाबी गरेकी छन्।
पीडित महिलाले घटनापछि आरोपीले बाहिर कुरा नगर्न दबाब दिँदै विभिन्न किसिमका मानसिक तनाव दिएको उल्लेख गरेकी छन्। त्यसका कारण आफू मानसिक रूपमा गम्भीर असरमा परेको र उपचारका लागि औषधि सेवन गर्नुपरेको समेत उनले बताएकी छन्।
स्रोतका अनुसार जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी परिसर ललितपुर र बारा प्रहरीबीच समन्वय गरी आरोपीलाई सिमराबाट गत बुधबार पक्राउ गरिएको थियो। उनलाई हवाईमार्गबाट काठमाडौं ल्याई ललितपुर प्रहरीको जिम्मा लगाइएको बताइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित महिलाको परिचय गोप्य राख्दै जाउलाखेल चालीस उपनाम दिइएको छ भने मुद्दा जिल्ला प्रहरी परिसर ललितपुरमा दर्ता भई कानुनी प्रक्रिया अघि बढिरहेको स्रोतले जनाएको छ।पिडित महिला(जाउलाखेल चालीस)को मुद्दा दर्ता नम्बर १०४२ रहेको बुझिएको छ।
यसैबीच, पीडित महिलाले आफू सामाजिक दृष्टिकोण र घटनाको मानसिक आघातका कारण अत्यन्त पीडामा रहेको बताएकी छन्। उनले जबर्जस्ती करणीजस्तो गम्भीर अपराधलाई मिलापत्र गराउन केही प्रभावशाली व्यक्तिहरूले दबाब दिने प्रयास गरेको आरोपसमेत लगाएकी छन्। यद्यपि, उक्त आरोपबारे सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
प्रहरीले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान गरी कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

राहदानी छपाइमा अनियमिततामा थप दुई पक्राउ

६ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जना पक्राउ

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक