मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चारवटा अध्यादेश अलपत्र

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका आठमध्ये चारवटा अध्यादेश अलपत्र परेका छन् ।

अलपत्र परेका अध्यादेशहरू हुन्, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३ र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशले ११० वटा कानुनमा भएका विषयवस्तुहरू संशोधन गरेको थियो । जसले  राजनीतिक प्रकृतिका नियुक्तिलाई पदमुक्त गरेको थियो ।

राजनीतिक नियुक्ति लिएका सार्वजनिक पदाधिकारीहरूको पदमुक्त हुने अध्यादेशको व्यवस्था अनुसार १५ बढी राजनीतिक नियुक्ति खारेज भइसकेका छन् । सार्वजनिक संस्थान, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिभिजन, प्रेस काउन्सिललगायतका संस्था र विभिन्न नियमक निकायहरूमा नियुक्त भएका पदाधिकारीहरू पदमुक्त भएका थिए ।

त्यसबेला सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि कानुन संशोधन गरिएको बताएका थिए । तर यसलाई ऐनमा रुपान्तरित गर्ने प्रक्रिया भने सरकारले अगाडि नबढेको हो । अन्य चार वटा अध्यादेश भने ऐनमा रुपान्तरित हुने प्रक्रियामा अगाडि बढेको छ ।

ऐनमा रुपान्तरित हुने प्रक्रियामा अगाडि अध्यादेशहरू हुन्, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, ‘सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी (पहिलो संशोधन) अध्यादेश । यी अध्यादेशहरूलाई संघीय ससद्अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाले यही असार ५ गते स्वीकृत गरेको थियो । संसद्ले स्वीकृत गरेसँगै सम्बन्धित मन्त्रालयले संसद्‍मा विधेयक दर्ता गरिसकेका छन् ।

संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । त्यस्तो अध्यादेश अधिवेशन सुरु भएकै दिन सुंसदमा पेस गर्नुपर्छ । यसअनुसार गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशहरू पेस भएका थिए ।

संसद्‍मा पेस भएका अध्यादेश अगाडि बढाउन संसदले स्वीकृत गर्नुपर्छ । संसद्ले स्वीकृत गरेपछि मात्रै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । चारवटा अध्यादेश संसद्‍बाट स्वीकृत भएर अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता भइसक्दा अन्य चार वटाको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।

अधिवेशन सुरु भएकै दिनबाट ६० दिने समय सुरु हुन्छ । अर्थात्, २८ वैशाखबाट ६० दिन भित्र अध्यादेश प्रतिस्थापन विधेयक ऐनमा रुपान्तरित भइसक्नुपर्छ । अन्यथा, अध्यादेशले गरेका नयाँ व्यवस्था र प्रचलित ऐनमा भएका संशोधित प्रावधानहरू स्वत: निष्क्रिय हुन्छन् ।

यसअनुसार अध्यादेश ऐनमा रुपान्तरित भइसक्नुपर्ने समय सकिन केही साता बाँकी छ । संसद्‍मा विधेयक दर्ता भएपछि परिपक्क हुन निश्चित समय लाग्छ । संसद्‍मा सैद्धान्त्कि छलफल भएपछि सांसदहरूलाई ७२ घण्टाको समय संशोधन प्रस्ताव दर्ता गर्न दिनुपर्ने नियम छ । यस्तो व्यवस्था दुवै सभाका लागि छ ।

संशोधन प्रस्ताव परेपछि दफावार छलफल गरेर पारित प्रक्रिया दुवै सभाले पूरा गर्नुपर्ने हुन्छ । यसकारण संसद्‍मा स्वीकृतका लागि समेत अगाडि नबढेका चारवटा अध्यादेशको भविष्य अन्योलमा परेको हो ।

असार ५ गते अनलाइनखबरसँगको कुराकानीमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राजनीतिक दलहरूका बीचमा सहमतिको प्रयास जारी रहेको बताएकी थिइन् । सहमति भएका अध्यादेश अगाडि बढेको जानकारी दिएकी थिइन् ।

प्रतिनिधि सभामा दुई तिहाइ नजिकको बहुमतमा रहेको रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन । यसकारण राष्ट्रिय सभामा रहेका दलहरूको समेत सहमति लिएर सरकारले अध्यादेशलाई ऐनमा रुपान्तरित गर्ने प्रक्रिया अगाडि बढाएको हो । यसले गर्दा चार अध्यादेश अगाडि बढ्दा चारवटा अध्यादेश भने अलपत्र परेका हुन् ।

यो पनि पढ्नुहोस्

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

२ घण्टा अगाडि
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक