बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
Reading Time: 1 min read
0
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । लोकतान्त्रिक मूल्य, मान्यता र निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका चार सदन भानु, लक्ष्मी, लेखनाथ र मोतीका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि आयोजित निर्वाचनले राष्ट्रिय निर्वाचन प्रक्रियाको झल्को दिएको थियो। लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ५९६ विद्यार्थी मतदाताका रूपमा सहभागी भएका थिए।

निर्वाचनमा उम्मेदवारको नाम दर्ता, चुनाव चिह्न वितरण, प्रचारप्रसार, मतदान तथा मतगणनालगायत सम्पूर्ण प्रक्रिया विधिसम्मत र औपचारिक ढङ्गबाट सम्पन्न गरिएको विद्यालयले जनाएको छ। चुनावी अभियानका क्रममा उम्मेदवार तथा सदनका सदस्यहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। मतदानअघि मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी मतदान प्रक्रिया, मत बदर हुन सक्ने अवस्था, निर्वाचन आचारसंहिता तथा स्वस्थ प्रतिस्पर्धाको महत्वबारे जानकारी प्रदान गरिएको थियो।

निर्वाचन व्यवस्थापनको विशेष पक्षका रूपमा प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक तथा सुरक्षाकर्मीलगायतका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै निर्वाह गरेका थिए। मतदानको अघिल्लो दिन मतदाता परिचयपत्र वितरण गरिएको थियो।

बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित वातावरणमा सम्पन्न भएको थियो। मतदानपश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रिन्सिपल, प्रशासकीय प्रमुख, सहायक प्रिन्सिपल, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो। निर्वाचनमा ८ पदका लागि २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्तराज राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गर्नुभएको थियो। सो अवसरमा निर्वाचित प्रतिनिधिहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको पालना गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने शपथसमेत लिएका थिए।

विद्यालय प्रशासनले यस प्रकारको निर्वाचन अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारीबोध, नेतृत्व क्षमता तथा लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन माध्यमिक तह संयोजक निरण मानन्धरको नेतृत्व तथा सामाजिक अध्ययन विभागका शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

९ घण्टा अगाडि
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक