– श्रीकृष्ण महर्जन ‘नेवाः’
रातो मच्छिन्द्रनाथ अर्थात् बुङ्गद्यःको रथयात्रा आजदेखि झण्डै एक हजार छ सय वर्षअघि बुङ्गमतीदेखि पाटनसम्म ल्याइने चलन थियो । यसरी हेर्दा करिब १६ सय वर्षअघिदेखि नै बुङ्गद्यःको रथयात्रा सुरु भएको मानिन्छ । बुङ्गमतीदेखि पाटनसम्म प्रत्येक वर्ष रथयात्रा गर्ने परम्परा भए पनि आजभन्दा करिब ४ सय वर्षअघि पाटनका राजा श्रीनिवास मल्लको पालादेखि मात्र अहिलेझैँ प्रत्येक वर्ष नियमित रूपमा आयोजना हुने चलन सुरु भएको हो ।
रथयात्राको क्रममा बछलाथ्व पारुका दिन रथमा बुङ्गद्यःलाई विराजमान गराउने चलन छ । प्रत्येक वर्ष उही दिन बुङ्गमतीदेखि पाटन ल्याइने परम्पराले कुनै संकेत वा सांस्कृतिक सन्देश बोकेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । जब तृतीया सकिएर चतुर्थी लाग्छ, त्यसै दिनदेखि बुङ्गद्यःको रथयात्रा प्रारम्भ हुन्छ ।
पहिला बुङ्गद्यः जात्राको क्रममा पुल्चोकदेखि गाःबहाःसम्म यात्रा गरिन्थ्यो । केही दशकअघिसम्म यस यात्रालाई स्थानीय बासिन्दाले विशेष रूपमा मनाउँदै आएका थिए । गाःबहाःसम्मको यात्रालाई ‘गाःबहाः याः’ भनिन्थ्यो र यसलाई स्वर्गलोकको यात्राको रूपमा पनि व्याख्या गरिन्थ्यो ।
गाःबहाःबाट सन्धारा अर्थात नुगःलागासम्मको यात्रालाई ख्वप अर्थात भक्तपुरका जनताको यात्रा भनिन्थ्यो । पहिला भक्तपुरमा बसोबास गर्नेहरू नै रथ तान्न आउने गर्दथे । यो यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको नामसँग पनि जोडिएको मानिन्छ, त्यसैले यसलाई मत्र्यलोकको यात्रा भन्ने चलन समेत रहेको छ ।
नुगःलागादेखि लगन हुँदै इति त्वालसम्म पुग्ने यात्रालाई पाटनवासीहरूको यात्रा भनिन्छ । पाटनका ललित ज्यापूको नामसँग सम्बन्धित यस यात्रालाई पाताललोकको यात्रा पनि भन्ने गरिन्छ ।
पाटनको इति थति त्वालदेखि ज्याउलाख्यःसम्मको यात्रालाई कीर्तिपुरवासीहरूको यात्रा भनिन्छ । कीर्तिपुरका मानिसहरू बाजागाजासहित रथ तान्न जाने चलन छ । कीर्तिपुरका साथै ललितपुरको पश्चिम र काठमाण्डौको दक्षिण भेकाका विभिन्न नेवाः वस्तीहरुमा यो जात्रालाई विशेष प्राथमिकता दिदै आएको पाइन्छ । यो यात्रा समस्त जीवजन्तु तथा प्राणीहरूको यात्राको प्रतीकका रूपमा पनि लिइन्छ । ललितपुरको पुल्चोकवासी कीर्तिपुरवाटै बसाई सराई भएको कारणले कीर्तिपुरवासीले जात्रा मान्न समय ज्याउला जात्रामा मात्र पुल्चोकवासीले पनि जात्रा मन्ने चलन रहेो छ । रातोमच्छिन्द्रनाथ ज्याउलाख्यलमा पुगेको तेस्रो दिनमा बेलुकी पुल्चोकका मलेकु भन्ने श्रेष्ठहरुले भात छर्ने गरिन्छ । भातलाई नेपालभाषामा जा भनिन्छ । छर्नेलाई ह्वलीगु भनीन्छ । चौरलाई ख्यः भनिन्छ । त्यसैले भात छर्नेलाई जा ह्वलीगु भनिन्छ, जाह्वलीगु ख्यः भन्दै ज्याउलाखेल नामांकरण हुन गएको हो । सोहि राती पानेजु र गुरुजुका श्रीमतीहरु ऋर्थात नकिंहरु चर्या गाउदै दिगिदिगि काम्ने गरिन्छ । यसलाई नकिंजु खइगु भन्ने गरिन्छ ।
बुङ्गद्यःको रथयात्राको अन्त्य सामान्यतया ज्याउलाख्यःमा हुने र त्यसको चौथो दिनमा भोटो देखाउने अर्थात् प्वाकलं देखाउने चलन छ । नेवार समुदायमा यसलाई प्राचीनकालदेखि ‘हेलागुलि लं क्यनेगु जात्रा’ भनिँदै आएको छ । लं भनेको नेपालभाषामा वस्त्र अर्थात लुगा हो । हिराले जडित वस्त्र भएकाले यसलाई हेलागुलि लं भनिएको हो भने भोटोको आकारका कारण प्वाकलं भनिएको हो । पछि आएर यसलाई भोटो भनेर चिनाउन थालिएको देखिन्छ ।
प्वाकलं (भोटो) सम्बन्धी प्रचलित कथा
पहिला कर्कोट नागराजाकी श्रीमती विरामी भइन । उपचार गर्ने ब्यक्ति खोज्दै गयो । सो क्रममा खेतमा काम गर्दै गरेका एक ज्यापु अर्थात किसानलाई उपचार गराउन टौडह भित्रको कार्कोट नागराजाको दरवारमा ज्यापुलाई लग्यो । कर्कोट नागका श्रीमातीलाई आँखाको समस्या भएकोले ज्यापुलाई उपचारका लागि के गर्ने के गर्ने भयो । ज्यापुले अलमलको वीचमा आफ्नो हातले कानको पछाडि भागको मैलो निकाले । त्यो राखेपछि निको भयो । नागराजाले बरदान माग्न लगाए । ज्यापुले नागले लगाएको ज्वाज्वाला तल्किएको भोटो मागे । कर्कोट नागराले दिए । उक्त भोटो आर्थत प्वाकलं लगाई खेतमा काम गर्न गए । त्यो भोटो एकतिर राखी काम गरेको अवस्थामा भूतले चोरे । ज्याउला जात्राको दिन भूतले फेरि भोटो लगाएर आयो । भोटो कसको हो भन्ने विवाद उत्पन्न भयो। कसैले पनि पर्याप्त प्रमाण दिन नसकेपछि उक्त भोटो बुङ्गद्यःको जिम्मामा राख्ने निर्णय गरियो । त्यसैको स्मरणस्वरूप ज्याउला जात्राको दिन उक्त प्वाकलं अर्थात् भोटो देखाउने चलन बसेको भनिन्छ । यसरी प्वाकलं अर्थात् हेलागुलि लं देखाउने जात्रालाई आज ‘भोटो जात्रा’ भनिन्छ ।
हेलागुलि लं अर्थात् भोटो कस्तो छ ?
ज्याउलाख्यःमा जात्राको दिन देखाइने हेलागुलि लं अर्थात् प्वाकलं अत्यन्त बहुमूल्य वस्त्र हो । यसको कपडामा हिरा, मोती, रत्न तथा सुनको जरी जडान गरिएको छ । कपडाभरि जरीले सजाइएको देखिन्छ । अहिले देखिने भोटोमा अधिकांश भागमा सुनको जरी प्रयोग गरिएको छ ।
यद्यपि यसलाई भोटो भनिए पनि वास्तवमा सामान्य भोटोजस्तो अगाडिपछाडि लगाइने पहिरन भने होइन । यसको अगाडिको भाग मात्र रहेको छ । पछाडिको भाग छैन । अगाडिको भाग भने अत्यन्त चम्किलो र अलंकारयुक्त छ । यो करिव करिव चार पाँच बर्षको बच्चाले लगाउने भोटोको साइज जस्तै छ । भोटोको घाँती पर्ने स्थानमा सुनको फुल जस्तो राखिएको देखिन्छ ।
कपडाको बनावट हेर्दा मानिसले लगाउन सक्ने गरी तयार गरिएको जस्तो देखिए पनि अत्यन्त सावधानीपूर्वक सुरक्षित राखिएको वस्तु हो । यो भोटोको अगाडीको भाग मात्र हो । यसमा पछाडिको भाग छैन । हेलागुलि लं अर्थात् भोटोको तौल करिब दुई किलो बराबर रहेको बताइन्छ । यस लुगा नेवाः परम्परागत म्हिचा विशेष गरि पहिला पहिला महिलाहरुले आफ्नै जिउमा राख्ने कपडाको खल्ती म्हिचा जस्मा दुईतिरवाट सानो धागो जस्तो दोरीले तन्दा खुल्ने र अर्को तान्दा बन्द हुने जस्तै म्हिचाबाट निकाल्दा पनि काचकुच नहुने कपडाको रहेको छ ।
यसमा हिरा जडान गर्न विशेष प्रकारको प्रविधि प्रयोग गरिएको छ । साधारण कपडामा जस्तो सिउने काम नभई विशेष रूपमा तया


