शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– श्रीकृष्ण महर्जन ‘नेवाः’
रातो मच्छिन्द्रनाथ अर्थात् बुङ्गद्यःको रथयात्रा आजदेखि झण्डै एक हजार छ सय वर्षअघि बुङ्गमतीदेखि पाटनसम्म ल्याइने चलन थियो । यसरी हेर्दा करिब १६ सय वर्षअघिदेखि नै बुङ्गद्यःको रथयात्रा सुरु भएको मानिन्छ । बुङ्गमतीदेखि पाटनसम्म प्रत्येक वर्ष रथयात्रा गर्ने परम्परा भए पनि आजभन्दा करिब ४ सय वर्षअघि पाटनका राजा श्रीनिवास मल्लको पालादेखि मात्र अहिलेझैँ प्रत्येक वर्ष नियमित रूपमा आयोजना हुने चलन सुरु भएको हो ।
रथयात्राको क्रममा बछलाथ्व पारुका दिन रथमा बुङ्गद्यःलाई विराजमान गराउने चलन छ । प्रत्येक वर्ष उही दिन बुङ्गमतीदेखि पाटन ल्याइने परम्पराले कुनै संकेत वा सांस्कृतिक सन्देश बोकेको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । जब तृतीया सकिएर चतुर्थी लाग्छ, त्यसै दिनदेखि बुङ्गद्यःको रथयात्रा प्रारम्भ हुन्छ ।
पहिला बुङ्गद्यः जात्राको क्रममा पुल्चोकदेखि गाःबहाःसम्म यात्रा गरिन्थ्यो । केही दशकअघिसम्म यस यात्रालाई स्थानीय बासिन्दाले विशेष रूपमा मनाउँदै आएका थिए । गाःबहाःसम्मको यात्रालाई ‘गाःबहाः याः’ भनिन्थ्यो र यसलाई स्वर्गलोकको यात्राको रूपमा पनि व्याख्या गरिन्थ्यो ।
गाःबहाःबाट सन्धारा अर्थात नुगःलागासम्मको यात्रालाई ख्वप अर्थात भक्तपुरका जनताको यात्रा भनिन्थ्यो । पहिला भक्तपुरमा बसोबास गर्नेहरू नै रथ तान्न आउने गर्दथे । यो यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको नामसँग पनि जोडिएको मानिन्छ, त्यसैले यसलाई मत्र्यलोकको यात्रा भन्ने चलन समेत रहेको छ ।
नुगःलागादेखि लगन हुँदै इति त्वालसम्म पुग्ने यात्रालाई पाटनवासीहरूको यात्रा भनिन्छ । पाटनका ललित ज्यापूको नामसँग सम्बन्धित यस यात्रालाई पाताललोकको यात्रा पनि भन्ने गरिन्छ ।
पाटनको इति थति त्वालदेखि ज्याउलाख्यःसम्मको यात्रालाई कीर्तिपुरवासीहरूको यात्रा भनिन्छ । कीर्तिपुरका मानिसहरू बाजागाजासहित रथ तान्न जाने चलन छ । कीर्तिपुरका साथै ललितपुरको पश्चिम र काठमाण्डौको दक्षिण भेकाका विभिन्न नेवाः वस्तीहरुमा यो जात्रालाई विशेष प्राथमिकता दिदै आएको पाइन्छ । यो यात्रा समस्त जीवजन्तु तथा प्राणीहरूको यात्राको प्रतीकका रूपमा पनि लिइन्छ । ललितपुरको पुल्चोकवासी कीर्तिपुरवाटै बसाई सराई भएको कारणले कीर्तिपुरवासीले जात्रा मान्न समय ज्याउला जात्रामा मात्र पुल्चोकवासीले पनि जात्रा मन्ने चलन रहेो छ । रातोमच्छिन्द्रनाथ ज्याउलाख्यलमा पुगेको तेस्रो दिनमा बेलुकी पुल्चोकका मलेकु भन्ने श्रेष्ठहरुले भात छर्ने गरिन्छ । भातलाई नेपालभाषामा जा भनिन्छ । छर्नेलाई ह्वलीगु भनीन्छ । चौरलाई ख्यः भनिन्छ । त्यसैले भात छर्नेलाई जा ह्वलीगु भनिन्छ, जाह्वलीगु ख्यः भन्दै ज्याउलाखेल नामांकरण हुन गएको हो । सोहि राती पानेजु र गुरुजुका श्रीमतीहरु ऋर्थात नकिंहरु चर्या गाउदै दिगिदिगि काम्ने गरिन्छ । यसलाई नकिंजु खइगु भन्ने गरिन्छ ।
बुङ्गद्यःको रथयात्राको अन्त्य सामान्यतया ज्याउलाख्यःमा हुने र त्यसको चौथो दिनमा भोटो देखाउने अर्थात् प्वाकलं देखाउने चलन छ । नेवार समुदायमा यसलाई प्राचीनकालदेखि ‘हेलागुलि लं क्यनेगु जात्रा’ भनिँदै आएको छ । लं भनेको नेपालभाषामा वस्त्र अर्थात लुगा हो । हिराले जडित वस्त्र भएकाले यसलाई हेलागुलि लं भनिएको हो भने भोटोको आकारका कारण प्वाकलं भनिएको हो । पछि आएर यसलाई भोटो भनेर चिनाउन थालिएको देखिन्छ ।
प्वाकलं (भोटो) सम्बन्धी प्रचलित कथा
पहिला कर्कोट नागराजाकी श्रीमती विरामी भइन । उपचार गर्ने ब्यक्ति खोज्दै गयो । सो क्रममा खेतमा काम गर्दै गरेका एक ज्यापु अर्थात किसानलाई उपचार गराउन टौडह भित्रको कार्कोट नागराजाको दरवारमा ज्यापुलाई लग्यो । कर्कोट नागका श्रीमातीलाई आँखाको समस्या भएकोले ज्यापुलाई उपचारका लागि के गर्ने के गर्ने भयो । ज्यापुले अलमलको वीचमा आफ्नो हातले कानको पछाडि भागको मैलो निकाले । त्यो राखेपछि निको भयो । नागराजाले बरदान माग्न लगाए । ज्यापुले नागले लगाएको ज्वाज्वाला तल्किएको भोटो मागे । कर्कोट नागराले दिए । उक्त भोटो आर्थत प्वाकलं लगाई खेतमा काम गर्न गए । त्यो भोटो एकतिर राखी काम गरेको अवस्थामा भूतले चोरे । ज्याउला जात्राको दिन भूतले फेरि भोटो लगाएर आयो । भोटो कसको हो भन्ने विवाद उत्पन्न भयो। कसैले पनि पर्याप्त प्रमाण दिन नसकेपछि उक्त भोटो बुङ्गद्यःको जिम्मामा राख्ने निर्णय गरियो । त्यसैको स्मरणस्वरूप ज्याउला जात्राको दिन उक्त प्वाकलं अर्थात् भोटो देखाउने चलन बसेको भनिन्छ । यसरी प्वाकलं अर्थात् हेलागुलि लं देखाउने जात्रालाई आज ‘भोटो जात्रा’ भनिन्छ ।

हेलागुलि लं अर्थात् भोटो कस्तो छ ?
ज्याउलाख्यःमा जात्राको दिन देखाइने हेलागुलि लं अर्थात् प्वाकलं अत्यन्त बहुमूल्य वस्त्र हो । यसको कपडामा हिरा, मोती, रत्न तथा सुनको जरी जडान गरिएको छ । कपडाभरि जरीले सजाइएको देखिन्छ । अहिले देखिने भोटोमा अधिकांश भागमा सुनको जरी प्रयोग गरिएको छ ।
यद्यपि यसलाई भोटो भनिए पनि वास्तवमा सामान्य भोटोजस्तो अगाडिपछाडि लगाइने पहिरन भने होइन । यसको अगाडिको भाग मात्र रहेको छ । पछाडिको भाग छैन । अगाडिको भाग भने अत्यन्त चम्किलो र अलंकारयुक्त छ । यो करिव करिव चार पाँच बर्षको बच्चाले लगाउने भोटोको साइज जस्तै छ । भोटोको घाँती पर्ने स्थानमा सुनको फुल जस्तो राखिएको देखिन्छ ।
कपडाको बनावट हेर्दा मानिसले लगाउन सक्ने गरी तयार गरिएको जस्तो देखिए पनि अत्यन्त सावधानीपूर्वक सुरक्षित राखिएको वस्तु हो । यो भोटोको अगाडीको भाग मात्र हो । यसमा पछाडिको भाग छैन । हेलागुलि लं अर्थात् भोटोको तौल करिब दुई किलो बराबर रहेको बताइन्छ । यस लुगा नेवाः परम्परागत म्हिचा विशेष गरि पहिला पहिला महिलाहरुले आफ्नै जिउमा राख्ने कपडाको खल्ती म्हिचा जस्मा दुईतिरवाट सानो धागो जस्तो दोरीले तन्दा खुल्ने र अर्को तान्दा बन्द हुने जस्तै म्हिचाबाट निकाल्दा पनि काचकुच नहुने कपडाको रहेको छ ।
यसमा हिरा जडान गर्न विशेष प्रकारको प्रविधि प्रयोग गरिएको छ । साधारण कपडामा जस्तो सिउने काम नभई विशेष रूपमा तया

यो पनि पढ्नुहोस्

विश्वकपमा अमेरिका नकआउट चरण प्रवेश

विश्वकपमा अमेरिका नकआउट चरण प्रवेश

१२ मिनेट अगाडि
दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

 प्रतिनिधि सभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक