मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी

धारणा न्यूज by धारणा न्यूज
३८ मिनेट अगाडि
0
बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ब्युनस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले फकल्यान्ड टापु नजिकै बेलायतको अनुमतिमा अघि बढिरहेको सी लायन तेल परियोजना नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानूनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

राष्ट्रपति मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाका प्राकृतिक स्रोतको अवैध दोहन भइरहेको दाबी गर्दै विदेश मन्त्रालय र कानूनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थता प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । उनले दुई साताभित्र परियोजना नरोके समुद्रको कानूनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा जाने बताए । फकल्यान्ड टापुबाट करिब २२० किलोमिटर टाढा रहेको उक्त तेल क्षेत्रमा इजरायली कम्पनी नाभिटास र बेलायती कम्पनी रकहपरले काम गरिरहेका छन् ।

ती कम्पनीले बेलायतबाट वैध अन्वेषण अनुमतिपत्र प्राप्त भएकाले अर्जेन्टिनाको दाबी अस्वीकार गर्दै आएका छन् । अर्जेन्टिना र बेलायतबीच फकल्यान्डलाई लिएर लामो समयदेखि विवाद छ । सन् १९८२ मा भएको १० साताको युद्धमा २५५ बेलायती सैनिक र ६४९ अर्जेन्टिनीको मृत्यु भएको थियो ।

अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ भन्दै आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । अर्जेन्टिनाले परियोजनाले संयुक्त राष्ट्रसङ्घको प्रस्ताव उल्लङ्घन गरेको दाबी गरेको छ भने बेलायतले फकल्यान्ड नजिकका प्राकृतिक स्रोत आफूले उपयुक्त ठानेअनुसार विकास गर्ने अधिकार रहेको जनाउँदै आएको छ ।

यसैबीच, फकल्यान्डका व्यापारिक प्रतिनिधिहरू दुई बन्दरगाहबीच समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्न चिलीको पुन्टा एरेनास पुगेका छन् । आर्थिक विकासका उपनिर्देशक लुइस एलिसले नयाँ समुद्री मार्ग तेल परियोजनासँग सम्बन्धित नभएको बताए । यस वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त मार्गबाट निर्माण सामग्री तथा खाद्य र पेय पदार्थलगायत सामग्री ढुवानी गरिनेछ ।

यो पनि पढ्नुहोस्

भारतीय राजदूत श्रीवास्तव स्वदेश फर्कने

भारतीय राजदूत श्रीवास्तव स्वदेश फर्कने

३८ मिनेट अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से ९.६२ अंक घट्याे

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

प्रतिनिधिसभाको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक