मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

धारणा न्यूज by धारणा न्यूज
३९ मिनेट अगाडि
Reading Time: 1 min read
0
३८ जना जुवाडे  पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडाैं । नजिकिँदै गरेकाे दशैं–तिहारलाई ध्यान राखी  धनकुटामा जुवातासविरुद्ध नेपाल प्रहरीले निगरानी तीव्र बनाएको छ ।

बिगत २ दिनकाे अवधिमा जिल्लाका विभिन्न स्थानहरूमा जुवा, तास खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएकाे छ । धनकुटा जिल्लाकाे चौबिसे गाउँपालिकामा मंगलबार बिहान तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ गरेकाे छन् । प्रहरीले उनीहरूको साथबाट २ लाख ३६ हजार २५० रुपैयाँ नगद र २१ बुङ तास बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार चौबिसे गाउँपालिका–२ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले घरमा पुगेर तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी गराए ।

प्रहरीका अनुसार घटनास्थलबाट खोलेको ४ बुङ र नखोलेको १७ बुङ गरी २१ बुङ तास बरामद भएको छ । तास खेलिरहेको अवस्थामा चौबिसे गाउँपालिका–२ का ३६ वर्षीय इमा मगर र ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बु (यलेक्स) र ४२ वर्षीय योगेन लिम्बु तथा चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ पक्राउ परेका छन् ।

त्यस्तै, तासको खेल हेरिरहेको अवस्थामा चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समिर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर तथा चौबिसे–६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका प्रदीप मगर दीपक सारु मगरको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पनि प्रहरीले धनकुटाको हिलेबाट तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट १ लाख १४ हजार ५५० रुपैयाँ नगद, चार बुङ खुला तास र विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरिएको थियो ।

दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा जुवातास तथा अवैध गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको हो । पछिल्ला दुई दिनमा धनकुटामा मात्रै २० जना नियन्त्रणमा पर्नुले पनि चाडपर्वको समयमा यस्ता गतिविधिमाथि प्रहरीको निगरानी कडा बनेको देखाएको छ ।

 प्रहरीले चाडपर्वका समयमा जुवातास खेल्ने, खेलाउने तथा त्यस्ता गतिविधिमा संलग्न हुनेमाथि कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

१ घण्टा अगाडि
१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

चाडपर्व लक्षित धनकुटामा जुवातासविरुद्ध निगरानी तीव्र

चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा मागेको सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक