शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपामा विशेष महाधिवेशनको व्यवस्था

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
रास्वपामा विशेष महाधिवेशनको व्यवस्था
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विशेष महाधिवेशनको व्यवस्था गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि रास्वपाले गरेको विधान संशोधनका क्रममा विशेष महाधिवेशनको व्यवस्था गरेको हो ।

संशोधित विधानको धारा ८९ मा विशेष महाधिवेशन आह्वान गर्न सकिने उल्लेख छ । विधानअनुसार पार्टीको राजनीतिक जीवनमा कुनै गम्भीर वा असाधारण परिस्थिति उत्पन्न भई तत्काल वैचारिक, नीतिगत वा सांगठनिक (नेतृत्व परिवर्तनसमेत) निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न सकिने छ । ‘विशेष महाधिवेशनसम्बन्धी अन्य व्यवस्था केन्द्रीय समितिले तोकेबमोजिम हुनेछ,’ उक्त धारामा भनिएको छ । विधानको धारा ९० मा विशेष महाधिवेशन आयोजनाका आधार र प्रक्रियाबारे उल्लेख छ ।

उक्त धाराअनुसार पार्टीको पछिल्लो नियमित महाधिवेशनका तत्काल कायम रहेका कुल प्रतिनिधिहरू मध्ये कम्तीमा दुई तिहाइ सदस्यहरूले हस्ताक्षरसहित स्पष्ट कार्यसूची खुलाएर केन्द्रीय समितिसमक्ष लिखित मागदाबी पेस गरे पार्टीले विशेष महाधिवशेन बोलाउनु पर्नेछ । तर, रास्वपाले विधानको धारा ९१ मा विशेष महाधिवेशनका लागि समयावधिको बन्देज लगाएको छ ।

जसअनुसार पार्टीको नियमित राष्ट्रिय महाधिवेशन सम्पन्न भएको मितिले तीन वर्ष पूरा नभएसम्म विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न नपाइने वैधानिक व्यवस्था छ । तीन वर्षे समयसीमा पूरा भएको अवस्थामा प्रतिनिधिहरूबाट विधिवत् रूपमा लिखित माग पेस भएको मितिले ९० दिनभित्र केन्द्रीय समितिले अनिवार्य रूपमा विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने विधानमा उल्लेख छ । ‘विशेष महाधिवेशनको कार्यक्षेत्र अत्यन्त विशिष्ट हुनेछ ।

जुन निर्दिष्ट प्रस्ताव वा कार्यसूचीका लागि महाधिवेशन आह्वान गरिएको हो वा प्रतिनिधिहरूले माग गरेका हुन्, उक्त महाधिवेशनमा सोही विषयमा मात्र केन्द्रित रही छलफल र निर्णय गरिने छ,’ धारा ९३ मा भनिएको छ, ‘नियमित महाधिवेशनमा झैं अन्य विविध प्रस्तावहरू यसमा प्रवेश गराइने छैन ।’ विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू सामान्यतया पार्टीको पछिल्लो नियमित महाधिवेशनमा निर्वाचित वा सहभागी भएका प्रतिनिधिहरू नै कायम रहने छन् ।

पद रिक्त रहेको अवस्थामा विधानको अन्य व्यवस्थाबमोजिम पदपूर्ति गरिने विधानमा उल्लेख छ । विशेष महाधिवेशनले गरेका निर्णयहरूको कानूनी हैसियत नियमित राष्ट्रिय महाधिवेशनले गरेका निर्णयहरू सरह नै सर्वोच्च र सम्पूर्ण पार्टी पङ्क्तिका लागि पूर्णरूपमा बाध्यकारी हुने भनिएको छ ।

पार्टी स्थापनाको चौथो वार्षिकोत्सव पारेर रास्वपाले ७ असारदेखि चितवनको भरतपुरमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र चितवन उद्योग संघमा हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाद्वारा तीन प्रमुख दलहरूलाई निमन्त्रणा

२५ मिनेट अगाडि
अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

अमेरिका र इरानबीच १४ बुँदे युद्धविराम सम्झौता

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

हिरासतबाट छुटेपछि जेनजीले भनेः बालेन सरकारले हाम्रा आवाज बन्द गर्नसक्दैन

रास्वपाको महाधिवेशन भव्य तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक