शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकताका लागि अपिल

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकताका लागि अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् ।

मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी थिए ।

भेला संयोजन गरेका स्थानीय युवा राजनीतिकर्मी डा. विशाल गुरुङले रसमोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, ह्याम्पसायर काउन्टी काउन्सिलर केन ट्रान्टर, डेपुटी काउन्सिल लिडर सोफी पोर्टर, पूर्वमेयर ज्याकी भोस्परसहित झण्डै एक दर्जन स्थानीय काउन्सिलरहरू सहभागी भएको बताए ।

त्यस्तै, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, रस्मोर नेपाली कम्युनिटी उपाध्यक्ष एवं काउन्सिलर उत्तरबहादुर गुरुङसहित नेपाली समुदायबाट समेत कयौं प्रतिनिधि कार्यक्रममा सहभागी थिए । स्थानीय संघसंस्थाका प्रतिनिधिले छोटो सूचनाका कारण कार्यक्रममा सहभागी हुन नसके पनि आफ्नो ऐक्यबद्धता जनाएका थिए ।

सो अवसरमा मन्तव्य दिँदै रस्मोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, डेपुटी काउन्सिल लिडर सोफी पोर्टरलगायतले घटनाप्रति दु:ख व्यक्त गर्दै आक्रमणको निन्दा गरे । अपराधिक मानसिकताका एक व्यक्तिबाट भएको यो कार्यले स्थानीय सिंगो बेलायती समुदायको प्रतिनिधित्व नगर्ने उनीहरूले स्पष्ट पारे ।

रस्मोर बरोमा विगत लामो समयदेखि नेपाली समुदायसँग सद्भावपूर्वक बस्दै आएको तथा नेपालीहरूप्रति उच्च सम्मान र प्रेम रहेको भनाइ उनीहरूको थियो ।

त्यस्तै, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, रस्मोर नेपाली कम्युनिटी उपाध्यक्ष एवं काउन्सिलर उत्तरबहादुर गुरुङलगायतले पनि यो घटनालाई सिंगो सुमदायसँग नजोड्न आग्रह गरेका थिए । घटनापछि स्थानीय काउन्सिल, प्रहरीलगायतका निकाय तथा सिंगो बेलायती समुदायले नेपाली समुदायप्रति सान्त्वना र ऐक्यबद्धता व्यक्त गरेकोमा उनीहरूले धन्यवाद दिए ।

आक्रमणका पीडित पूर्वगोर्खाहरूसमेत कार्यक्रममा सहभागी भएर घटना विवरण सुनाएका थिए । १६ वर्षको बेलायत बसाइमा यस्तो अनुभव कहिल्यै नभएको भन्दै उनीहरूले घटनापछि आफूहरू त्रसित बनेको र आफ्नै घर नजिकको पार्कमा पनि हिँड्न नपाउने अवस्था बनेकोमा दु:ख लागेको बताए ।

यसैबीच अल्डरसटबाट निर्वाचित सांसद एलेक्स बेकरले मंगलबार म्युनिसिपल गार्डेन्समा शहरको नेपाली समुदायका सदस्यहरूलाई लक्षित गरी भएको जातीय आक्रमणको कडा भर्त्सना गरेकी छन् ।

अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालकी अध्यक्ष पनि रहेकी सांसद बेकरले उक्त घटनाबारे ह्याम्पसायर पुलिससँग आफूले कुराकानी गरेको र प्रहरीले उक्त क्षेत्रमा गस्ती बढाउन सहमति जनाएको बताइन् ।

सांसदले उक्त हमलालाई ‘भयावह’ भन्दै यसबाट धेरै स्थानीय वासिन्दाहरू भयभित भएको जनाइन् ।

‘म स्पष्ट पार्न चाहन्छु, हिंसा, धम्की र जातीय भेदभावको अल्डरसटमा कुनै ठाउँ छैन,’ बेकरले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘आफ्नै छिमेकमा म को हुँ, कहाँबाट आएको हुँ वा छालाको रङका कारण कोही पनि असुरक्षित महसुस गर्नु हुँदैन ।’

हाल अल्डरसटमा बसोबास गरिरहेका गोर्खाहरूको नाजी अत्याचारविरुद्ध लडेको गौरवशाली इतिहास छ, तर आज त्यही घृणित विचारधारा नेपाली वासिन्दाहरूलाई लक्षित गर्न प्रयोग भइरहेको सुन्नु ‘घृणास्पद र भयावह’ रहेको उनले बताइन् ।

सांसद बेकरले शहरको नेपाली तथा गोर्खा समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरू अल्डरसटको पहिचान र इतिहासको अभिन्न अंग भएको बताइन् ।

‘उनीहरूको सेवा, बलिदान र योगदान अल्डरसटको कथाको हिस्सा हो । उनीहरू हाम्रा छिमेकी, सहकर्मी, साथीभाइ र परिवार हुन्,’ उनले भनिन् ।

बेकरले अनलाइन माध्यममा प्रयोग हुने उत्तेजक भाषा (जसमा केही निर्वाचित प्रतिनिधिहरूले प्रयोग गरेको भाषासमेत) ले समुदायहरूमा विभाजन र जातिवाद भड्काएर वास्तविक क्षति पुर्‍याइरहेको भन्दै चेतावनी पनि दिइन् ।

‘जो मानिसले जातिवाद र घृणा फैलाउँछन् उनीहरूले अल्डरसटको प्रतिनिधित्व गर्दैनन्’, उनले थपिन्।

उनले आप्रवासी समुदायले सुरक्षित र संरक्षित महसुस गर्न सकुन् भन्दै आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउनका लागि प्रहरी र स्थानीय समुदायसँग मिलेर काम गर्ने पनि जनाइन् ।

यसैबीच, मंगलबार साँझ नेपाली बृद्ध नागरिकहरूप्रति भएको अमानवीय घटनाप्रति लन्डनस्थित नेपाली राजदूतावासले दुःख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

 प्रतिनिधि सभा बैठक स्थगित

 प्रतिनिधि सभा बैठक स्थगित

७ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाद्वारा तीन प्रमुख दलहरूलाई निमन्त्रणा

९ घण्टा अगाडि

दूतावासले उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि अनुरोध गरेको छ । साथै, पीडित नागरिकको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राजदूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

उता, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले भूतपूर्व गोर्खा सैनिकप्रति गरिएको उक्त हमलाको निन्दा गरेका छन् । उनले घृणा फैलाउने यस्ता घटनाविरुद्ध सचेत, सजग र एकजुट हुन अपिल गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

 प्रतिनिधि सभा बैठक स्थगित

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

मधेशी शासन, अधिकार र स्वायत्तताको मागसहित ‘मधेश मुक्ति अभियान’ सार्वजनिक

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक