शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
Reading Time: 1 min read
0
हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई
नेपालमा सुकुमवासी समस्या दशकौंदेखिको जटिल र संवेदनशील मुद्दा हो । लाखौं नेपाली नागरिक भूमिहीन छन्, नदी किनार, सार्वजनिक जग्गा र जंगल क्षेत्रमा अव्यवस्थित बस्ती बनाएर बसिरहेका छन् । विभिन्न सरकारले यो समस्या समाधान गर्न थुप्रै आयोग बनाएर, लालपूर्जा बाँडे । तर समस्या उस्तै छ । चरम राजनीतिका कारण पनि यो समस्या समाधान हुन सकेको छैन । सुकुमवासी बस्तीको समस्या नसल्टाउने बरु त्यहाँका सर्वसाधारणलाई लालपुर्जाको आश्वासन बाँडेर चुनावमा मत लिने र अन्य स्वार्थ पूरा गर्ने काम नेताहरुले वर्षौंदेखि गर्दै आए ।
तर, गत चैत १३ मा वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएसँगै सुकुमवासी समस्या समाधान गर्ने प्रयास सुरु भएको छ । सरकारले आफ्नो १ सय बुँदे कार्यसूचीमा पनि सुकुमवासी समस्या समाधान गर्ने उल्लेख छ । यही आधारमा सरकारले केही समयअघि काठमाडौंका सुकुमवासी बस्ती खाली पनि गरेको छ । तर, यस्तो समस्या देशैभरि छ । देशव्यापी रुपमा ठूलो संख्यामा अव्यवस्थित बसोबासी र सुकुमवासी छन् । ऐलानी जग्गामा घर बनाएर बस्ने धेरै छन् । त्यस्ता जग्गामा बजार नै विकास भएको छ ।
सरकारले सुकुमवासी समस्या समाधान गर्न काम थालिसकेको छ । तर, केही सांसदले भने सरकारले केही गर्न नसकेको, अझ सरकारको प्रयास गलत भएको भन्दै आलोचना पनि गर्दै आएका छन् । त्यसैमध्येका एक हुन्, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ । त्यसैले धरानका पूर्वमेयरसमेत हर्कलाई नै यो समस्या समाधानको जिम्मेवारी दिनु ठीक हुने पंक्तिकारको धारणा छ ।
हालै मात्र प्रतिनिधिसभा बैठकमा हर्क साम्पाङले सुकुमवासी समस्या समाधान गर्न सरकारलाई ठोस माग गरेका छन् । मंगलबारको बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोबास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघा आसपासको क्षेत्रमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु न्यायपूर्ण नभएको उनको तर्क थियो । त्यसैगरी, सुनसरीको रामधुनी–७ मा ६४ बिघा जग्गामा ६६ वर्षदेखि बसोबास गरिरहेका स्थानीयले अझै लालपुर्जा नपाएको र नक्कली जग्गाधनी खडा गरी उनीहरूलाई दुःख दिइएको प्रसंग पनि उनले उठाएका थिए । यो घटनाक्रमले सुकुमवासी समस्या कति गहिरो छ भन्ने देखाउँछ । हर्क साम्पाङ सुकुमवासी मुद्दामा निरन्तर सक्रिय छन् । मनोहरा, थापाथलीलगायत विभिन्न ठाउँका सुकुमवासी बस्तीमा पुगेर उनले सरकारको नीतिको विरोध गरेका छन् ।
नेपालमा सुकुमवासीको संख्या अनुमानित १० लाखभन्दा बढी छ । यसअघिका भूमि समस्या समाधान आयोगले पनि पूर्ण रूपमा काम गर्न सकेनन् । केही ठाउँमा असली सुकुमवासी छन् भने केही ठाउँमा ‘हुकुम्बासी’ अर्थात् जग्गा माफियाहरूले सार्वजनिक जग्गा कब्जा गरेका छन् । नदी किनारका बस्ती बाढी र पहिरोको जोखिममा छन् । काठमाडौं उपत्यकालगायत शहरहरूमा यो समस्या अझ विकराल छ । सरकारले समय–समयमा अध्यादेश वा नीति ल्याएर जग्गा वितरण गर्ने प्रयास गर्छ, तर कार्यान्वयन कमजोर हुन्छ ।
यदि साम्पाङले साँच्चै नै जिम्मेवारी खोजेका हुन् भने यो समस्या समाधानको लागि जिम्मेवारी दिँदा उपयुक्त हुन्छ । उनले सरकारको आलोचना गर्दै आएकाले उनी आफैं यसका लागि कति सक्षम छन् भन्ने विषयको पनि परीक्षण हुन्छ । धरान मेयरको कार्यकालमा हर्कले खानेपानी, स्वास्थ्य र सुशासनसँगै सुकुमवासी मुद्दालाई पनि प्राथमिकता दिए । ‘धरान मोडल’ को रूपमा चिनिने उनको शैली जनपरिचालन र श्रमदानमा आधारित थियो । सुकुमवासी बस्ती व्यवस्थापनमा पनि यही मोडल लागू गर्न सकिन्छ । उनी असली सुकुमवासीको पहिचान गरी उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने र नक्कली हुकुम्बासीहरूमाथि कारबाही गर्नुपर्ने बताउँछन् । यो सन्तुलित दृष्टिकोण हो ।
उनले भूमि आयोगलाई प्रभावकारी बनाउन, स्थानीय तहलाई अधिकार दिन, वैकल्पिक बसोबास योजना बनाउन र रोजगारीसँग जोडेर सुकुमवासी समस्या सम्बोधन गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनी संसद्मा पनि यो मुद्दा उठाइरहेका छन् । पुराना दलहरूको जग्गा कब्जा र भ्रष्टाचारको आलोचना गर्दै उनी अगाडि बढेका छन् । सुकुमवासी समस्या समाधानमा पनि पारदर्शिता कायम राख्ने भूमिका उनलाई दिन सकिन्छ ।
सुकुमवासी समस्या समाधानका लागि डाटाबेस तयार पार्ने, स्थानीय समुदाय र नागरिक समाजको सहभागितामा सर्वेक्षण गर्ने काम गर्न सकिन्छ । शहरबाहिर वा उपयुक्त ठाउँमा प्लटिङ गरी न्यूनतम जग्गा र घर निर्माणका लागि अनुदान दिने ‘सुकुमवासी हाउसिङ स्किम’ जस्तो कार्यक्रम लागू गर्न सकिन्छ । बसोबाससँगै सीप विकास, रोजगारी र साना उद्यमसँग जोड्ने, श्रम र उत्पादनलाई प्रोत्साहन दिने नीति ल्याउन सकिन्छ । पर्यावरणीय जोखिमपूर्ण क्षेत्रबाट व्यवस्थित रूपमा स्थानान्तरण गरी हरित बेल्ट विकास गर्न सकिन्छ । भूमि नीति संशोधन, आयोगलाई स्वायत्तता र स्थानीय तहलाई अधिकार प्रदान गर्ने कानुनी सुधार आवश्यक छ ।
यो योजना सफल भएमा लाखौं नेपालीको जीवनस्तर उकासिन्छ र शहरहरू पनि व्यवस्थित बन्छन् । तर यो जिम्मा सजिलो छैन । राजनीतिक दबाब, जग्गा माफिया, आर्थिक स्रोतको अभाव र संघीय–प्रादेशिक–स्थानीय समन्वयको कमी मुख्य चुनौती हुन् । हर्क साम्पाङलाई यसको जिम्मेवारी दिए उनको पनि सही परीक्षण हुनेछ । -जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

६ घण्टा अगाडि
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले राष्ट्रिय महाधिवेशनकाे मापदण्ड तोक्याे

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

पासपोर्ट खरिद प्रकरणमा जर्मनी कम्पनीलाई बयान लिने

उपाधि दाबेदार मानिएको पोर्चुगल कंगोसँग १-१ गोलको बराबरी खेल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक