आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई आवासको व्यवस्था
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मुस्ताङ ।  लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि निःशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो ।

दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्रअधिकारभित्र रहेको पवित्र धार्मिकस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि म्याग्दीको अन्नपूर्ण–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पुर्जाले जानकारी गराए ।

बर्सेनि बर्खायामको दुई महिना उपसमितिले सङ्कलन गरेको चन्दाबाट निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएको उनको भनाइ छ । यस वर्ष पनि दामोदरकुण्ड तीर्थ गर्ने अनुकूल याम सुरु भएकाले जेठ २५ गतेदेखि साउनसम्म तीर्थयात्रीलाई खान र बस्न व्यवस्थित प्रबन्ध गरिएको संयोजक पुर्जाले उल्लेख गरे । म्याग्दीस्थित गलेश्वरधामबाट बर्सेनि मुक्तिदान उठाउने गरेको र उपसमितिको आंशिक अक्षयकोषबाट खर्चिने गरी तीर्थयात्रीका लागि निःशुल्क भोजनलगायत व्यवस्था गरिएको पुर्जाको धारणा छ ।

उपसमितिद्वारा सङ्कलित चन्दा दानको रकम खर्चिने गरी भोजन व्यवस्थापन गर्न चार जना खटाइएको छ । दामोदरकुण्डमा दुई र घिमेठाँटीमा दुई कर्मचारीलाई भोजनको व्यवस्था मिलाउन खटाइएको छ । यसका लागि बर्सेनि पाँच लाख बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले जनाए ।

२०६४ सालदेखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि निःशुल्क भोजनको व्यवस्था मिलाउँदै आएकामा कोभिड–१९ को समयमा दुई वर्ष तीर्थयात्रा बन्द हुँदा कार्यक्रम रोकिएको व्यवस्थापक पुर्जाले जानकारी दिए ।

तीर्थयात्रीका लागि भोजनसहित बासको व्यवस्था भएपछि ठूलो राहत मिलेको लोघेकर दामोदरकुण्ड–४ का वडासदस्य कृष्णकुमारीले जानकारी दिइन् । तीर्थयात्रीले भोजन र बस्नका लागि लत्ताकपडाको व्यवस्था मिलाउँदै यात्रा गर्न कठिन हुने भएकाले यस प्रकारको सुविधाले दर्शनार्थीको यात्रालाई सहज बनाएको उनको धारणा छ ।

नेपाल—चीन उत्तरी क्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल हिन्दू धर्मावलम्बीहरूका सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अगल–अलग बस्न मिल्नेगरी दुई धर्मशाला निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । गाउँपालिकाले दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरेको र घिमे ठाँटीमा पनि दुईवटा धर्मशाला गाउँपालिकाले नै निर्माण गरेको छ । दुईवटै धर्मशालाको क्षमता करिब १०० जना बढीको छ भने घिमेठाँटीमा रहेको धर्मशालाको क्षमता करिब ४० जनाको रहेको अध्यक्ष विष्टले जनाए ।

यो पनि पढ्नुहोस्

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

७ घण्टा अगाडि
टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश

मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ नलागेको स्पष्ट

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक