शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैर दलीय व्यवस्था आवश्यक’

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त र सुशासन कायम गर्न गैर दलीय व्यवस्था आवश्यक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्थानीय तहलाई जनमुखी  र प्रभावकारी बनाउन गैरदलीय व्यवस्था आवश्यक रहेको वक्ताहरुले जोड दिएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा पिपुल फष्र्ट पार्टीले  आयोजना गरेको कार्यक्रममा उनिहरुले दलतन्त्रले भ्रष्टाचार र अविकासलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् ।

‘स्वतन्त्र स्थानीय तह अभियान’का संयोजक सनोज महतले संघ र प्रदेशमा दलीय उम्मेदवार ठिक भएपनि स्थानीय तहलाई दलबिहीन स्वतन्त्र हुनुपर्नेमा जोड दिएका छन् । हाल वडा सदस्यदेखि राष्ट्रपतिसम्म दलहरुले ३६ हजार १ सय ७ जना आफ्ना नेता–कर्यकर्ता नियुक्ति गरिरहेको र उनिहरुले जनसेवा भन्दा दलतन्त्रीय साशन चलाएको महतले आरोप लगाए ।

केन्द्रदेखि वडासम्म विपक्षहरुलाई निषेध गरि कुशासन चलेको आरोप लगाउँदै महतले भने,“यदि स्थानीय सरकार गैरदलीय हुँदा ८ सय ८६ मा खुम्चिने र ३५ हजार २ सय २१ जना स्वतन्त्र उम्मेदवार आउँदा वेथिति, भ्रष्टाचार र पक्षपता अन्त्यको लागि पनि गैर दलीयता आवाश्यक छ ।”

पिपुल फष्र्ट पार्टीका संयोजक प्रसान्त सिंहले स्थानीय सरकारमा दलतन्त्र रोग जस्तै बनेको आरोप लगाएका छन् । २०७२ सालको संविधानले स्थानीय सरकारलाई अधिकार सम्मपन्न गरेर सिंहदरबारमा केन्द्रीत अधिकार गाउँगाउँमा लग्नु विश्वको लागि नमुना भएको बताए ।

देशभरका स्थानीय तहहरुमध्ये स्वतन्त्र उम्मेदवराले चलाएकाले मात्रै राम्रोे परिणाम ल्याउन सकेको जिकिर गर्दै संयोजक  सिंहले भने,“काठमाडौं महानगरपालिका, धनगढी र धरान उप–महानगरपालिकाको मात्रै चर्चा, विकास र लोकप्रियताले स्वतन्त्र तथा गैरदलीयताको आवश्यक पुष्टि भएको छ ।”

वरिष्ठ पत्रकार ऋषि धमलाले आफू देशभरका धेरैवटा स्थानीय तहमा घुमेको र त्यहाँको अवस्था बुझ्दा दलीयकरणको मारमा जनता परेको बताए । धमलाले आउँदो निर्वाचनसम्म कुनै पनि हालतमा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठ्ने व्यवस्था गर्नुपर्ने माग गरे ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्थानीय तहसम्म दलहरुको एकछत्र राजले जनता आजित भएको जिकिर गर्दै स्थानीय तहमा स्वतन्त्र तथा गैरदलीयताको खाँचो औंल्याए । “विधायीका, न्यापालिका तथा कार्यकारी अधिकारसहितको स्थानीय सरकार विश्वका लागि नमुना योग्य भए पनि दलीयकरण ठूलो समस्या छ” त्रिपाठीले भने ।

विश्व सफाई अभियान्ता राजमान मानवले स्थानीय तहमा दलीय उम्मेदवार हुनु नेपाल जस्तो मुलुकमा अफापसिद्ध भएको बताए । “लोकतन्त्रको शुद्धकरण र लोकतन्त्रका नाममा दलहरुको रजगज तथा जनतालाई सास्ति दिने ‘दलतन्त्र’ स्थानीय तहबाट हटाउनै पर्छ”मानवले भने ।

“मैले किर्तिपुरमा देखिरहेको छु, जुन दलको उम्मेदवारले जितेको छ सोही दलका कार्यकर्ता र समर्थकले मात्रै सेवा, सुविधा र अवसर पाएका छन्, अरुलाई पक्षपता देखिन्छ, त्यसैले पनि यसको अन्त्य आवश्यक भयो” मानवले थपे ।

अधिवक्ता विकास ठाकुरले रास्वपाले आफ्नो प्रतिवद्धता पत्रमा नै स्थानीय सरकारलाई गैरदलीय बनाउने भनेको तर अहिले उ त्यसबाट पछाडि फर्किने दिशा तिर जान लागेको आरोप लगाए । “रास्वपाले चहेमा तुरुन्तै यो काम हुन्छ तर, उ अहिले ‘स्थानीय सरकारमा पनि अरु दलहरुलाई क्लिनस्वीप गर्नुपर्छ’ भन्दै छ, के अब यो अनैतिक सरकार विरुद्ध सडकमा उत्रनु पर्ने बेला आएको हो” ठाकुरले प्रश्न गरे ।

यो पनि पढ्नुहोस्

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

७ घण्टा अगाडि
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक