काठमाडौं । रास्वपाका सांसद डा.अमरेशकुमार सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नभएको जनाएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने जनाएका छन् ।
‘म संविधानको हस्ताक्षर गरेको माननीय हो । संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो । त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन । त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, विद्यार्थीलाई लागेको छ,’ उनले भने ।
सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२–३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै फुकिएको बेलुनको संज्ञा दिए ।
‘साउथ एसियामा यस्तो कुनै देश नै छैन जहाँ जीडीपीको ३२(३३ प्रतिशत बजेट बनाइन्छ। यो आफैँमा एउटा ठुलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला,’ उनले थप्दै भने, ‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ।


