शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
लामो समयदेखि नसुल्झिएको नेपाल–भारत सीमासम्बन्धी विवाद अहिले फेरि चर्किएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर दुई देशबीचको मतभेद पटक–पटक सतहमा आउने गरेको छ । यो विवाद पुनः उब्जिनुको मुख्य कारण भारत र चीनले नेपालसँग पर्याप्त परामर्श नगरी नेपाली भूमि लिपुलेकबाट मानसरोवर यात्रा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय हो । नेपालले आफ्नो सार्वभौमिकताको रक्षा गर्दै यसको विरोध गरेको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हुन् भन्ने नेपालको दाबी ऐतिहासिक प्रमाण र सुगौली सन्धिमा आधारित छ । तर भारतले लामो समयदेखि यी क्षेत्रमा अतिक्रमण गर्दै आएको छ । सन् २०२० मा नेपालले जारी गरेको नयाँ नक्सापछि यो विवाद थप तीव्र बनेको थियो । यसबीच वालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालले आफ्नो भूभागको अतिक्रमणविरुद्ध निरन्तर कूटनीतिक कदम चालिरहेको छ ।
प्रधानमन्त्री बालेन शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिले दुवै देशमा ठूलो चर्चा पाएको छ । यो भनाइले नेपालभित्र राजनीतिक हंगामा निम्त्याए पनि भारतमा पनि व्यापक छलफल सुरु ग¥यो । यसले सीमा समस्या समाधानका लागि द्विपक्षीय संवादको ढोका खोलिदिएको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणले यो प्रक्रियालाई थप गति दिएको छ । भ्रमणका क्रममा सीमा विवादको विषय प्रमुख रूपमा उठेको थियो । नेपाल सरकारले छिटोभन्दा छिटो यो समस्या समाधान गर्न भारतसँग आग्रह गरेको छ । भारतीय पक्ष पनि यसमा सकारात्मक देखिएको छ । यो नयाँ सरकारको सराहनीय कदम हो, जसले लामो समयदेखि अल्झिएको मुद्दालाई संवादको टेबलमा ल्याएको छ ।
अघिल्ला नेपाली नेताहरूले देशभित्र राष्ट्रियताको भाव देखाए पनि भारत भ्रमणमा गएर सीमा विवादमा स्पष्ट अडान राख्न सकेका थिएनन् । यसले भारतीय पक्षलाई अटेर गर्न सजिलो बनाएको थियो । तर यसपालि रवि लामिछाने र शिशिर खनालले भारतमै गएर यो संवेदनशील विषय उठाउनु सकारात्मक पक्ष हो । यसले नेपालको कूटनीतिक परिपक्वता देखाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय पत्रकारहरूसँग गरेको संक्षिप्त वार्ता र अभिव्यक्तिले विशेष महत्व पाएको छ । उनले ‘हामी एउटै नदीका सन्तान हौं, खुला मनले बस्दा कुनै समस्या ठूलो हुँदैन, सीमा जटिल हुँदैन’ भन्दै नेपालले भारतलाई खुला हृदय, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डाका साथ हेरेको बताए । उनले आर्थिक रूपान्तरण र द्विपक्षीय सहकारितामा जोड दिए ।
यी घटनाक्रम र खनालको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमले व्यापक कभरेज दिएका छन् । नवभारत टाइम्स, दैनिक जागरण, आज तक जस्ता प्रमुख भारतीय मिडियाले खनालको भ्रमण र सीमा विवादको विषयलाई प्रमुखताका साथ प्रकाशित गरे । उनीहरूले नेपालको अडानलाई प्राथमिकता दिई द्विपक्षीय संवादबाट समाधान खोज्ने सन्देशलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन् । यसबाट स्पष्ट हुन्छ कि सीमा विवाद समाधानका लागि भारतीय सञ्चारमाध्यमहरू पनि नेपालको पक्षमा देखिएका छन् । उनीहरूले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने र आर्थिक सहकारितालाई अगाडि बढाउने कुरालाई जोड दिएका छन् ।
यो कभरेजले देखाउँछ कि भारतीय मिडियाले नेपालको नयाँ सरकारको प्रयासलाई स्वागत गरेको छ । लामो समयदेखि अल्झिएको विवादलाई भावनात्मक होइन, व्यावहारिक र प्रमाणमा आधारित समाधान खोज्ने दिशामा भारतीय मिडियाको भूमिका सकारात्मक छ । उनीहरूले तेस्रो पक्षको भूमिकालाई अस्वीकार गर्दै द्विपक्षीय संवादलाई जोड दिएका छन्, जुन नेपालको हितमा पनि छ । रवि लामिछाने र शिशिर खनालको भ्रमणले संवादको जुन ढोका खुलेको छ, त्यसलाई निरन्तरता दिनु आवश्यक छ । यसमा भारतीय पक्षले पनि ध्यान दिनुपर्छ । नियमित संयुक्त सर्वेक्षण, ऐतिहासिक प्रमाणको अध्ययन र उच्चस्तरीय वार्तामार्फत लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या चाँडो समाधान गर्न सकिन्छ ।
नेपाल र भारत दुवै देशका आ–आफ्ना थुप्रै चुनौती छन् । सीमा विवादजस्ता विषयमा अल्झिँदा विकास, व्यापार, जलविद्युत, पर्यटन र सांस्कृतिक सम्बन्धका अवसरहरू छुटिरहेका छन् । दक्षिण एसियाली देशहरूबीचको सहकारिताले मात्र क्षेत्रीय प्रगति सम्भव छ । सीमा समस्या समाधान गरेर दुवै देश आ–आफ्नो विकासमा लाग्नु सबैका लागि हितकारी हुनेछ । बालेन शाहको सरकारले कूटनीतिक रूपमा सक्रियता देखाएको छ । भारतीय सञ्चारमाध्यमको सकारात्मक कभरेजले यो प्रयासलाई थप बल दिएको छ । अब आवश्यक छ, निरन्तर संवाद, आन्तरिक एकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर व्यावहारिक समाधान खोज्ने । दुवै देशका जनता र सरकारबीचको समझदारीले मात्र यो विवादलाई इतिहास बनाउन सकिन्छ ।
नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । सीमाको मुद्दालाई एउटा मुद्दामा सीमित राखेर समग्र सहकारितालाई अगाडि बढाउनु दुवै पक्षको साझा हित हो । भारतीय मिडियाको नेपालप्रतिको सकारात्मक दृष्टिकोणले यो प्रक्रियालाई सहज बनाउने विश्वास गर्न सकिन्छ । अब समय हो, शान्त तलाउमा उठेको छाललाई किनारामा पु¥याउने र दिगो समाधान निकाल्ने ।  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

७ घण्टा अगाडि
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक