शुक्र, जेष्ठ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
८ घण्टा अगाडि
0
नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले शहीद परिवारका सन्ततिका लागि स्थापना गर्न लागिएको ‘लोकतान्त्रिक शहीद सन्तति वृत्ति कोष’मा थप सहयोग गर्ने घोषणा गरेका छन्। आफ्नो जन्मदिनको अवसर पारेर उनले कोषमा थप ५० हजार रुपैयाँ जम्मा गर्ने जानकारी दिएका हुन्।

मिश्रले यसअघि वि.सं. २०८२ जेठ २८ गते आफ्नो जन्मदिनका दिन उक्त कोष स्थापना गर्ने घोषणा गर्दै प्रारम्भिक रूपमा ५१ हजार रुपैयाँ राख्ने बताएका थिए। सोही प्रतिबद्धतालाई निरन्तरता दिँदै यस वर्ष थप रकम जोडिएपछि कोषको कुल रकम १ लाख १ हजार रुपैयाँ पुगेको उनले जनाएका छन्।

उनका अनुसार शहीदको सम्मान तथा उनीहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्ने अवधारणा अघि बढाइएको हो। विगतमा राजनीतिक परिस्थिति अनुकूल नहुँदा योजना कार्यान्वयनमा ढिलाइ भए पनि अब यसलाई मूर्त रूप दिने तयारी भइरहेको उनले उल्लेख गरेका छन्।

मधेश क्षेत्रका विभिन्न स्थानमा भ्रमणका क्रममा शहीद परिवारको अवस्था नजिकबाट देखेपछि उनीहरूको सहयोगका लागि केही गर्नुपर्ने महसुस भएको मिश्रले बताएका छन्। सोही अनुभूतिका आधारमा कोष स्थापना गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।

मिश्रले छिट्टै कानूनी प्रक्रिया पूरा गरी कोष सञ्चालनका लागि सञ्चालक समिति गठन गर्ने योजना रहेको पनि बताएका छन्। उक्त समिति शहीदप्रति सम्मानभाव राख्ने व्यक्तिहरूबाट गठन गरिने र कोष व्यक्तिगत नभई सामूहिक रूपमा सञ्चालन गरिने उनको भनाइ छ।

यस कोषमा इच्छुक सबै व्यक्तिले योगदान गर्न सक्ने व्यवस्था गरिने र यसको कार्यक्षेत्र मेचीदेखि महाकालीसम्म विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिएका छन्।

अन्त्यमा उनले आफ्नो यस पहललाई सामाजिक कार्यको सानो प्रयासका रूपमा उल्लेख गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वबाट सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा गरेको बताएका छन्।

यो पनि पढ्नुहोस्

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

राखेपकाे उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त

७ घण्टा अगाडि
१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

१२ हजार पुराना कर्मचारी बिदा गरिँदै

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली कांग्रेसका नेता मिश्रले शहीद सन्ततिका लागि कोष विस्तार गर्ने घोषणा

मध्यपूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्न आह्वान

बर्षा हुने सम्भावना

बालेन अभिव्यक्तिको सीमा तरंग !

भारतीय सञ्चारमाध्यमहरु नेपालको पक्षमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक