म्याग्दी। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ ।
लागुऔषध मुद्दामा दुई वर्ष एक महिना कैद फैसला भई नख्खु कारागारमा कैद भुक्तानी गरिरहेको अवस्थामा भदौमा भएको जेनजी आन्दोलनको क्रममा भागेका कैदीलाई मालिका गाउँपालिका-७, भारवाङबाट गिरफ्तार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार सप्तरीको खड्क नगरपालिका १० का ५४ वर्षीय विश्वासनाथ भगतलाई गिरफ्तार गरीएको हो ।
प्रहरीले भगौडा कैदीलाई २०८२ जेठ २६ गते गिरफ्तार गरेको सुचना अधिकारी तिमिल्सिनाको भनाइ छ ।


