मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतको सहयोगमा १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
0
भारतको सहयोगमा १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेवा र विकासका लागि युवाले देशका १९ जिल्लाका करिब तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । संस्थाले आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी “शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३” सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

संस्थाका अनुसार पाँचथर, धनकुटा, ओखलढुंगा, सोलुखुम्बु, सिराहा, महोत्तरी, काठमाडौं, धादिङ, गोरखा, मनाङ, कास्की, पाल्पा, गुल्मी, कपिलवस्तु, पूर्वी रुकुम, दैलेख, कालिकोट तथा दार्चुला जिल्लामा अध्ययनरत गरिब, जेहेन्दार तथा आवश्यकता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।

कार्यक्रमअन्तर्गत गुरुकुल, गुम्बा तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा वृहत् नेपाली शब्दकोश, क्याप लगायतका सामग्री प्रदान गरिने जनाइएको छ ।

२०७५ साल फाल्गुन १५ गते चितवनमा स्थापना भएको सेवा र विकासका लागि युवा सामाजिक तथा सेवामूलक संस्था हो। संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म देशका करिब ५० जिल्लामा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति सहयोग, विपद्का समयमा राहत तथा उद्धार कार्य, विद्यालय भवन निर्माण, कपडा बैंक सञ्चालन, सरसफाइ अभियान तथा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष डा. देवेन्द्र कण्डेलले विद्यार्थी राष्ट्रका वर्तमान र भविष्य भएकाले उनीहरूको शैक्षिक विकासमा सहयोग पु¥याउनु सबैको साझा दायित्व भएको बताए । उनले दुर्गम तथा आवश्यकता भएका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

संस्थाका अनुसार उक्त शैक्षिक सामग्री मित्रराष्ट्र भारतको सहयोगमा प्राप्त भएको हो। भारतले नेपालको शिक्षा क्षेत्रमा छात्रवृत्ति, विद्यालय तथा क्याम्पस भवन निर्माण, पुस्तकालय स्थापना, छात्रावास निर्माण तथा विद्यालय बस उपलब्ध गराउनेलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। सेवा र विकासका लागि युवाले उक्त सहयोगका लागि भारत सरकार तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
संस्थाले कार्यक्रमलाई सफल बनाउन सञ्चारमाध्यम, शिक्षाप्रेमी, सामाजिक संघसंस्था तथा सरोकारवाला सबै पक्षसँग सहयोग, सहकार्य र समन्वयको अपेक्षा गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

७ घण्टा अगाडि
किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक