मङ्ल, जेष्ठ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१७ जना ‘लन्डन टु पेरिस’ च्यारिटी साइकल यात्रामा

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
१७ जना ‘लन्डन टु पेरिस’ च्यारिटी साइकल यात्रामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन । नेपालमा रहेका अनाथ तथा विपन्न बालिकाहरुका लागि सहयोग जुटाउन नेपाली साइक्लिङ क्लब यूके (एनसीसी यूके) ले ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा सुरु गरेको छ।

शुक्रबार, ५ जुनदेखि सुरु हुने उक्त यात्रामा क्लबका १७  जना सदस्यले तीन दिनमा करिब ३५० किलोमिटर दूरी पूरा गर्नेछन्।

क्लबका अनुसार च्यारिटी साइकलयात्रा अभियानमार्फत ६ हजार पाउण्ड संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेमा सञ्चालित बाल गृह ‘चिल्ड्रेन्स सेल्टर’ लाई सहयोग गरिनेछ।

यात्रामा साइकलयात्रीहरूले उकालो, प्रतिकूल मौसम र शारीरिक थकानको सामना गर्दै लन्डनदेखि पेरिससम्मको यात्रा पूरा गर्ने अठोट व्यक्त गरेका छन् । उक्त बाल गृहमा रहेका २२  जना बालिकाको उज्ज्वल भविष्य निर्माणमा सघाउने उनीहरुको प्रतिवद्धता छ ।

धुलिखेलस्थित बाल गृह सन् २०१४ देखि सञ्चालनमा छ, जहाँ ६ देखि १७ वर्ष उमेर समूहका २३ बालिकालाई सुरक्षित आवास, शिक्षा तथा संरक्षण प्रदान गरिँदै आएको छ। उनीहरुमध्ये धेरैलाई बालश्रम, मानव बेचबिखन तथा सडक जीवनबाट उद्धार गरिएको संस्थाले जनाएको छ।

संकलित रकम बालिकाहरुका लागि पौष्टिक भोजन, पूर्णकालीन शिक्षा, स्वास्थ्य सेवा, भावनात्मक सहयोग, सुरक्षित वातावरण तथा संगीत, कला, नृत्य र खेलकुद गतिविधिमा खर्च गरिने क्लबका एक संयोजक प्रसिद्ध प्रधानले जानकारी दिए।

च्यारिटी साइकलयात्राको संयोजन क्लबका सदस्य एवम् ट्याक्स प्लेटफर्मका निर्देशक रवि रिमालले गर्दैछन् । यात्रामा जलेन्द्र ताम्राकार, सुलभ पन्त, शिव सैंजु, ह्यारी गुरुङ, कौस्तुभ पौड्याल, समीर प्याकुरेल, आमोद प्रधान, हरिहर उपाध्याय, नारायण अधिकारी, अनमोल राणा, सुधीर बजिमाया, लक्ष्मण गुरुङ, निक टी,  प्रगति ओझा, प्रसिद्ध प्रधान र सुधिर श्रेष्ठ सहभागी  छन्।

क्लबले सबैलाई आर्थिक सहयोगमार्फत अभियानमा साथ दिन अपिल गरेको छ। ५ पाउण्ड सहयोगले एक दिनको भोजन र ५० पाउण्ड सहयोगले एक महिनाको शिक्षामा सहयोग पुग्ने हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले  बताए ।

च्यारिटी साइकलयात्रामार्फत् बालगृहमा आश्रित बालिकाहरुलाई सहयोग गर्न यो लिंकमा गएर सहयोग गर्न पनि हेल्प नेपाल नेटवर्क युकेले आग्रह गरेको छ ।

https://www.justgiving.com/page/ncc-uk-3?utm_medium=FR&utm_source=FM

यो पनि पढ्नुहोस्

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

७ घण्टा अगाडि
किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक