शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन र मस्तिष्कलाईसंगै स्पर्श गर्ने कवि श्रेष्ठको ‘जहाँ तिम्रो पाइला हुन्छ’

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
0
मन र मस्तिष्कलाईसंगै स्पर्श गर्ने कवि श्रेष्ठको ‘जहाँ तिम्रो पाइला हुन्छ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  कवि दिलिप श्रेष्ठको लघु कविता सङ्ग्रह ‘जहाँ तिम्रो पाइला हुन्छ’  पुस्तक विमोचन भएको छ । हालै काठमाडौंमा विमोचित कविता संग्रहमाथि धारणा राख्ने टिप्पाँणीकारहरुले साहित्यनुरागीहरूका लागि नयाँ आयामका साथ प्रभावशाली तबरले उदाएका कवि भएको ठोकुवा गरेका छन् ।

यसअघि ४ वटा पुस्तक प्रकाशन गरिसकेका श्रेष्ठको ५चौं पुस्तक विमोचन वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्य अन्वेषक प्रमोद प्रधान, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला लगायतले विमोचन गरेका हुन् ।

साहित्य अन्वेशक प्रमोद प्रधानले जटिल अनि कठिन विषयलाईसमेत सरल र सटिकतामा ढालेर सौन्दर्यको सृष्टि गर्दै कथ्यलाई सम्प्रेष्य तुल्याउने दिलिप श्रेष्ठ नयाँ आयामका कवि रहेको दाबी गरे । “मैले नेपाली साहित्यका दिग्गज व्यक्तिहरुका कृर्तिहरु अध्ययन गरेको छु, यति सरल, सरस अनि सटिकता पाएको छैन, हरेकले घुमाउरो र जटिल तरिकाले भाव प्रकट गर्दा धेरैले बुझ्न कठिन हुने सामाग्रि हुन्छन्, जुन धारलाई दिलीपजीले भत्काउने प्रयास गर्नु भएको छ” प्रधानले भने ।

कृति बारेका प्रमुख वक्तासमेत रहेका प्रधानले यतिको कविको नाम र चर्चा नेपाली साहित्यीक क्षेत्रमा नहुनु अचम्म लाग्दो विषय भएको पनि औंल्याए । “दिलीप जीका ४ वटा कृति आइसके छन्, ती सबै पढ्दा निकै परिपक्वता देखिन्छ, तर उहाँको चर्चा कतै पाइएन, न त कसैले कुनै किताबमा उहाँको नाम नै उल्लेख गरेको पाईयो, आखिर उहाँ कसरी छुट्नु भयो, सोचनीय विषय भएको छ” प्रधानले थपे ।
प्रधानले श्रेष्ठका कवितामा संगीतात्मक चेतना भएको र सो सबैमा नहुने जिकिर गर्दै भने,“दौडनेहरू सबै धावक हुँदैनन्, कविता भनी लेखेका पनि सबै कविता हुँदैनन्, तर उहाँका कविता संगीतात्मक चेतना भएका मन–मुटु स्पर्श गर्ने  सुललित प्रकृतिका छन्, जसलाई नेपाली साहित्य क्षेत्रले विशिष्टरुपले पक्कै मुल्याङ्कन गर्नेछ ।”

वरिष्ठ नाट्यकर्मी अशेष मल्लले दिलीप श्रेष्ठका कविताहरु योजनाबद्ध बनिबनाउ भन्दा पनि अन्तरमनबाट स्वतस्फूर्त प्रष्फूटित भएका सिर्जनाहरु भएको बताएका छन् ।
प्राध्यापक केदारनाथ श्रेष्ठले कवि श्रेष्ठद्वारा सिर्जित सबै कृतिहरु पढिसकेको र तीभित्रका कविताहरु जति पढ्दा पनि धित नमर्ने किसिमका रहेको बताए । “जति दिलीप श्रेष्ठका कविता बढ्दा आनन्द आउँछ त्यति अरुका कृतिहरुमा आउँदैनन्, त्यसको मुख्य कराण सायद उहाँका कवितामा क्लिष्ट सब्दरहित, कसैको विरोध नगरि सर्वसाधारणले बुझ्ने भाषामा गहन भाव व्यक्त हुनु हो जस्तो लाग्छ” प्राध्यापक श्रेष्ठले थपे ।

वरिष्ठ कवि ज्ञान उदासले दिलीप श्रेष्ठ रहरको कवि भन्दा पनि उनिभित्रको साहित्यीक उर्वरताको प्रस्फुटनको प्रतिक भएको बताए । श्रेष्ठको ‘नसानसा’मा साहित्य दौडिरहेको दाबी गर्दै उदासले भने,“उहाँको जिजु–बाजेको पालादेखि नै गीत, संगीत, बाध्यबाधन र साहित्य क्षेत्रबाट राष्ट्रलाई योगदान दिइसकेको निपूर्ण परिवारिक विरासत हो, त्यसैको द्योतक दिलीपजीका प्रभावशाली कविता हुन् ।” “नाम र प्रसिद्धिको लागि कविता लेख्नु हुन्थ्यो भने युवा कालमै परिचित र स्थापित भइसक्नु हुन्थ्यो, न कि आजसम्म गुमनाम” उदासले थपे ।

वरिष्ठ कवि कलानिधी दाहालले कवि दिलीप श्रेष्ठ मनमस्तिष्कलाई एकैसाथ चलायमान बनाउन सक्ने कवि भएको जिकिर गरे । दाहालले युवा कालदेखि नै श्रेष्ठले कविता लेख्न सुरु गरेको भए आजसम्म नेपाली साहित्य क्षेत्रमा ठूलो योगदान पुगिसक्ने दाबीसमेत गरे ।

शिक्षासेवी नारायाण जोशी, कविहरु मोहीनी मन, पम्फा भट्टराईले कविता बाचन गर्दै छोटो समयमा कविता परम्पराको सरल धारमा आफ्नो स्पष्ट पहिचान बनाउन कवि दिलीप श्रेष्ठ सफल रहेको बताए ।
श्रेष्ठकी जीवन संगिनी बन्दना श्रेष्ठले आफ्नो पनि गीत–संगीतमा व्यापक रुचिरहेकोले जीवनको निवृत्त समयमा जीवन संगीका कविताम रमाईरहेको बताईन् ।

‘जहाँ तिम्रो पाइला हुन्छ’ लघुकविता सङ्ग्रहका जर्सक कवि दिलीप श्रेष्ठले कविता सुखमा खुसि व्यक्त र दुःखमा पीडा अनि अवेग व्यवस्थापनको उच्चकोटीको साथि रहेको बताए । “मेरो लेखाई कुनै उदेश्य प्राप्तिको लागि योजनाबद्ध केही हैन, तर यति हो परिस्थितिजन्य सामयिक भावतरङ्गलाई कविताको रूपमा ढालेर अन्तस्करणको आवजलाई बुलन्द गर्ने प्रयासलाई निरन्तरता दिनेछु”श्रेष्ठले थपे ।
उनले सो कार्यक्रममा आफ्नो निमन्त्रणालाई स्वीकर गरेर आउने सबैलाई धन्यवाद दिए ।

५० भन्दा बढी दिग्गज कवि तथा साहित्यकारका साथै आफन्तजन गरेर करिब १ सयजनाको उपस्थित रहेको कार्यक्रमलाई सुनीता अधिकारीले सञ्चालन गरेकी थिइन् ।

विषयगत विविधता, विकृति र विसंगतिप्रति प्रहार  उनका कविताका विशेषता हुन् । उपवाक्यमा शीर्षकीकरण  गरिएको यस कृतिमा रिक्त चिन्हले लक्ष्यित अर्थको पनि संकेत गरेको देखिन्छ । आवरणमा महिलाको पनि तस्बिरले कविसंग सम्बन्धित  प्रेरक पात्र मुख्य जीवन संगिनीरहेको पुष्टि गरेको छ सो ‘जहाँ तिम्रो पाइला हुन्छ’ कृतिमा सयवटा कविता समेटिएका छन् ।

यस अघि २०६५ सालमा ‘जिन्दगीको यात्रा कहाँ रोकुँ’बाट औपचारिकरुपमा साहित्यीक यात्रा सुरु गरेका श्रेष्ठको २०७४ सालमा ‘रेल चढेपछि’, त्यसपछि २०७७ सालमा‘खोलापारिका आमा’ र २०८१ मा ‘मैले नबनाएको घर’ र वर्तमानको गरेर उनका चारवटा कृति प्रकाशित भएका छन् ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

७ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक