बुध, जेष्ठ २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
0
‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ ।

केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो चलचित्रले व्यवसायिक रूपमा पनि लय समात्न थालेको प्रस्ट हुन्छ ।

शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’का कतिपय शो हाउसफूल भइसकेका छन् । कतिपय शो फिलिङ फास्टमा गएका छन् ।

स्कुलहरूले पूरै शो नै बुक गरेर आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन लैजान थालेका छन् । जसका कारण बुधबारका कतिपय शो मंगलबार नै हाउसफूल भइसकेका थिए ।

“हाम्रो चलचित्रमा आएको सकारात्मक वर्ड अफ माउथले काम गर्न थालेको छ । केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन ल्याउन थालेका छन्,” निर्माता विनोद पौडेलले भने, “त्यसैले आजका कतिपय शो हिजो नै हाउसफूल भइसकेका छन् ।”

स्कुलले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउने क्रम सुरु भएको र यसले निरन्तरता पाउनेमा निर्माता पौडेल ढुक्क छन् । सिनेमा हेर्नेहरूले विद्यार्थी, शिक्षक र अभिभावकले नै हेर्नै पर्ने चलचित्र भन्दै प्रतिक्रिया दिएपछि ‘रोल नं. १’ हेर्नेको संख्या क्रमशः थपिँदै गएको निर्माण पक्षको भनाइ छ ।

“सबैले चलचित्र राम्रो र हेर्नैपर्ने भन्ने बताएपछि हेर्न आउनेहरूको संख्या थपिँदै छ,” निर्माता पौडेलले भने, “हामी यही दिनको प्रतिक्षामा थियौँ ।”

निर्माता पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाका कारण चौथो दिनबाट हाउसफूल हुन थालेको थियो । स्कुल–स्कुल र गाउँ–गाउँबाट गाडी रिजर्ब गरेर यो चलचित्र हेर्न आएपछि सिनेमाले ऐतिहासिक ग्रसकलेक्सन गरेको थियो ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन छ ।

‘रोल नं. १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठको छ । चलचित्र अहिले देशभरका विभिन्न हलहरुमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

यो पनि पढ्नुहोस्

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

३ दिन अगाडि
चलचित्रकै कारण जासुसी सुरक्षामा खतरा

चलचित्रकै कारण जासुसी सुरक्षामा खतरा

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

के संसद  तमासा देखाउने ठाउँ हो?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

नेपाल फोटो फेस्टिभल २०२६ काे तयारी

धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक