उदयपुर । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-२ करमकुसे बस्ने ५५ वर्षीय बाल कुमार खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बाल कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


