काठमाडौं । कैलाली, लम्कीचुहा नगरपालिका-६ बागमारा बस्ने २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर सोमबार बेलुकी मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भल्का अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।
रोल्पा, माडी गाउँपालिका-४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका-२ घर्तीगाउँ बस्ने ३९ वर्षीय हरि बहादुर घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


