काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोक नजिकै रहेको प्लाटिनम मार्केटिङ प्रालि कम्पनीमा सोमबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा बस्ने वविना राईको घर र सोही घरमा रहेको रमेश फर्निचरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-४ फुलचोकस्थित सोही नगरपालिका-९ दुधे बस्ने ५० वर्षीय लाल प्रसाद सावाले सञ्चालन गरेको झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


