शुक्र, जेष्ठ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
Reading Time: 1 min read
0
शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । “अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने ।

गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । “यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ”, राष्ट्रपतिले भने ।

सामाजिक न्याय, विकास र समृद्धि संघीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजका दिनले प्रेरणा दिने उनले विश्वास व्यक्त गरे ।

मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको जनाए ।

उनले शासकीय सुधारका एक सय कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।

ढिलासुस्ती, अनियमितता र बेथिति प्रमुख सत्रु भएको जनाउँदै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यी नै वेथितिले निराश नबनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए। “जबसम्म प्रत्येक नागरिकका जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन”, राष्ट्रपतिले भने ।

नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको भन्दै उनले यसका लागि हाम्रा स्रोतको उच्चतम प्रयोग गर्न आवश्यक भएको बताए। “आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौँ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो”, उनले भने ।

परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्रै पर्याप्त नहुने भन्दै राष्ट्रपतिले शासकीय चरित्रसँगै राजनीति, पार्टी र नेताको चरित्रलाई पनि बदल्नुपर्ने धारणा व्यक्त गरे ।  “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु”, उनले भने ।

राष्ट्रपति पौडेलले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्नेमा जोड दिए । उनले राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

“हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्दछ,  हाम्रा शासकीय संरचना र राज्यअङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्दछ, हामीले सुशासनको प्रत्याभूति दिनै पर्दछ”, राष्ट्रपतिले भने ।

राष्ट्रपति पौडेलले स्थानीय र प्रदेश सरकारले संविधानबमोजिमको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै शासकीय व्यवस्थामा जनताका घरआँगनबाट सार्वभौमिकताको अभ्यास भइरहेको बताए । “नागरिकको गुनासो भए शासकीय संरचनाबाट नै सम्बोधन गर्न सकिने उदार, उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले लोकतन्त्रको जग बलियो बनाउँछ”, उनले भने ।

यो पनि पढ्नुहोस्

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

२ घण्टा अगाडि
खानेपानीको  लागि ३७ अर्व १७ करोड बजेट विनियोजन

खानेपानीको लागि ३७ अर्व १७ करोड बजेट विनियोजन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री

सरकारद्वारा आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक