बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
भूमि आयोगका पूर्व–पदाधिकारीहरुको प्रश्नः सेनाको आडमा डोजर आतंक किन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय भूमि आयोगका पूर्व पदाधिकारीहरुले वर्तमान सरकारले सेनाको आडमा सुकुम्बासी बस्तीहरुमा डोजर लगाएर समस्या गिजोल्न तिर लागेको आरोप लगाएका छन्

। शुक्रबार राजधानीको संवाद डबली पत्रकार सम्मेलनको आयोजना गरी उनिहरुले ३ लाख भूमिहीन तथा सुकुम्बासीले लालपूर्जा पाउनै लाग्दा बस्ती भत्काउनु सरकारको गैरजिम्मेवारी कदम भएको बताए । राष्ट्रिय भूमि अयोगका पूर्व अध्यक्ष केशव निरौलाले राज्यका हरेक नागरिकको अवासको संवैधानिक अधिकारविरुद्ध बालेन सरकारकारले सुकुम्बासी बस्तीमा डोजर लागएको भन्दै अक्रोश व्यक्त गरे । तत्कालीन नेकपा(माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धन सरकारको पालमा अयोगको अध्यक्षको भूमिकामा रहेको बेलामा धेरैलाई लालपूर्जा वितरणको प्रक्रिया बढाएको निरौलाको दाबी छ ।

“हामीले ३ लाख बढीलाई लालपूर्जा वितरणको लागि तयारी गर्दै गर्दा संसद विघटन भयो, भूमिहीन तथा सुकुम्बासीको स्वामित्वमा जमिन आउनै लाग्दा खुल्ला आकाशमा धकेल्न सरकारलाई लाज लाग्दैन” निरौलाले प्रश्न गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका निरौलाले सरकारको असंवैधानिक कदमविरुद्ध आफूहरुले संघर्ष गर्ने घोषणासमेत गरेको जनाए । भूमि समस्या समाधान अयोगका पूर्व अध्यक्ष हरि रिजालले विना विकल्प तथा पूर्वसूचना नै बस्तीमा डोजर लगाउनु असंवैधानि र अमानविय कदम भएको बताए । सुकुम्बासी समस्यालाई रास्वपा सरकारले हल्का र सस्तो लोकप्रियताको विषय बनाएको बताउँदै रिजालले भने,“शहरको सौन्दर्यता संरक्षणका नाममा होचा–निमुखा जनतामाथिको बरबर आतंकलाई सहन सकिन्न ।” नेकपा एमालेका नेतासमेत रहेका रिजालले तत्कालिन नेकपा तथा केपी ओली नेतृत्वको सरकारले भूमि ऐन ८ औं संशोधन गरेर भूमिहीन तथा सुकुम्बासी समस्या समाधन प्रक्रिया अगाडि बढेको जनाए ।

रिजालले भूमि आयोगको सूचना प्राणालीमा १२ लाख २० हजार १ सय ९४ परिवारलेको निवेदन लगत प्रविष्टि भएको, जसमध्ये ९९ हजार ३ सय १९ भूमिहीन दलित, १ लाख ८१ हजार ५ सय ५६ भूमिहीन सुकुम्बासी र ९ लाख ३४ हजार ५ सय ६४ अव्यवस्थित बसोबासी परिवार रहेको जनाए । विस्तारै भएपनि नयाँ संविधान जारी भएपश्चात गठन भएका आयोगले राम्रो काम गरेको बताउँदै भने,“९ हजार ३ सय परिवारलाई जग्गाधनी प्रमाणपुर्जा दिएका छौं, जसको दस्तुरबापत १ अर्ब १६ करोड ९१ लाख ४६ हजार ४ सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ ।” राष्ट्रिय भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्काले सर्बोच्च अदालतले सुकुम्बासी बस्तीमा भइरहेको जबरजस्ती डोजर रोक्न अन्तरिम आदेशकोसमेत सरकारले उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरे ।

बालेन सरकारले देशभर गैरकानुनीरुपमा बस्तीबाट जनतालाई हट्न उर्दि जारी गरेको बताउँदै खड्काले भने,“विना विकल्प बुलडोजर आतंक किन, त्यति मत्रै हैन स्थानीय सरकार प्रमुखलाई सेनाले धम्काने गरेको विषयले सेनाको भूमिका शंकस्पद बनेको छ ।” नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले काँग्रेस, एमाले र आफ्नो पार्टीले सरकारी असंवैधानीक कदमको संयुक्तरुपमा प्रतिवाद गर्ने तयारी गरेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१० घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक