काठमाडाैं । नेपालभाषा परिषद्ले मातृभाषाका लागि जीवन सम्पर्ण गरेका कविकेशरी चित्तधरको १ सय २० औं जन्मजयन्ती मनाइएकाे छ ।
नेपाल भाषाको साहित्यिक क्षेत्रमा अतुल्नीय याेगदान दिएकाे कदर स्वरूप मनाइएकाे जन्मदिनका अवसरमा कालिमाटीमा रहेकाे पुर्नकदकाे शालिकमा जमघट भइ उनकाे तस्बिरमा वडाध्यक्ष धुब्रनारायण मानन्धर, प्रेमहिरा तुलाधर, सर्वज्ञ रत्न तुलाधर, नरेश वीर शाक्य, श्रीराम श्रेष्ठ, वंशीधर बज्राचार्य, विमल प्रभा बज्राचार्य, महेशमान डंगोल, सुरेशमान डंगोल, सुगत रत्धा सिन्धुनाञ्जन, सुनिता गणन्जा, सुनिता ताम्राकार, पौभा भगिभाई, नवराज बज्राचार्य, पौडेल बज्राचार्य, राजविराज राई, नातीकाजी महर्जन, रमेश मानन्धर, राजेन्द्र रञ्जित, लक्ष्मी माली, मदन सेन बज्राचार्य र धर्म राजकर्ण फूल चढाइएकाे थियाे ।
नेपालभाषा साहित्यको विकासमा विशेष योगदान पुर्याउने लेखकहरूलाई सम्मान गर्ने भावनाका साथ भाषाकर्मीहरू उपस्थित थिए। उनको साहित्यिक यात्राका कारण नेपालभाषाकाे साहित्यिक क्षेत्रमा धेरै अन्य लेखकहरू उत्पादन भएका छन्। कवि केशरी चित्तधर हृदयकाे सम्मान स्वरूप नेपाल सरकारले हुलाक टिकट तथा उनकाे सम्मान स्वरूप शालिक पनि निर्माण भएकाे छ ।
कवि चित्तधर हृदयकाे परिचयः
- जन्म र बाल्यकाल: उनको जन्म वि.सं. १९६२ (सन् १९०६) जेठ ५ गते काठमाडौँको रक्तकालीमा भएको थियो। उनका बुबा द्रव्यधर तुलाधर र आमा ज्ञानलक्ष्मी थिइन्।
- भाषा र साहित्य सेवा: उनले नेपाल भाषा र नेपाली भाषा दुवैमा अमूल्य काव्य तथा कथाहरू रचना गरेका छन्। उनलाई नेपाल भाषा साहित्यको पुनर्जागरण कालका प्रमुख स्तम्भ मानिन्छ।
- जेल जीवन र महाकाव्य: राणा शासनको समयमा मातृभाषामा कविता लेखेकै कारण उनलाई वि.सं. १९९७ मा ६ वर्षको जेल सजाय भएको थियो। जेलमै छँदा उनले लुकिछिपी आफ्नो प्रसिद्ध महाकाव्य ‘सुगत सौरभ’ रचना गरेका थिए।
- बहुआयामिक व्यक्तित्व: उनी कविका साथै सांस्कृतिक अभियन्ता, संगीत र कलाका संरक्षक पनि थिए।


